कांग्रेस नेता रामचन्द्र पौडेल समूहले प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ । पौडेल समूहले शेरबहादुर देउवा सरकारमा प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने मापदण्ड बनाउँदै चार जनाको नाम टुंगो लगाएको छ । पौडेल समूहबाट सञ्जय गौतम, राजन केसी, रामकृष्ण यादव र यज्ञबहादुर थापाको नाम टुंगो लगाएको छ । त्यस्तै देउवा समूहबाट मीन विश्वकर्मा,अर्जुन जोशी,वीरबहादुर बलायर,अम्बिका बस्नेत मन्त्री बन्ने भएका छन। उता सिटौलाले भिमसेन दास प्रधानलाई बनाउने भएका छन भने मोहन बस्नेत खुम बहादुर खड्काको टोकरी बाट मन्त्री बन्ने भएका छन। कांग्रेसले १३ मन्त्रालय लिने सहमति भएको छ। यस अघि ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ र फरमुल्लाह मंसुर मन्त्री बनिसकेका छन।