मन्त्रीकी सालीलाइ मन्त्री बनाउन पौडेल गुटमा लफडा भए पछि आज हुने मन्त्रिपरिषद बिस्तार भाँडियो



रामचन्द्र पौडेल गुटका दुई सांसदको खिचातानीका कारण आज विस्तार हुने भनिएको क्याबिनेट बिस्तार नहुने भएको छ। गोरखाकी कमला पन्त र झापाकी सरिता प्रसाई दुबैले मन्त्री दाबी गरे पछि मन्त्रिपरिषद विस्तार प्रभावित भएको हो । मुख्यसचिव राजेन्द्र किशोर छेत्रीले ५ बजे समथ ग्रहणको समय निर्धारित गर्दै तयारीका लागि राष्ट्रपति कार्यालयलाई आग्रह गरेका थिए ।राष्ट्रपति कार्यालयले पनि सपथको तयारी गरेको थियो । तर कांग्रेसकी दुई नेत्री मध्ये कसलाई मन्त्री बनाउने भन्ने बिषयमा विवाद भएपछि मन्त्रिपरिषद बिस्तार कार्य रोकिएको कांग्रेस नेता गुरुराज घिमिरेले बताए ।
नेपाली कांग्रेसभित्र मन्त्रीको भागबन्डा गरिएको थियो । पौडेलले पन्त र महामन्त्री महामन्त्री सशांक कोइरालाले सरिता प्रसाईको नाममा अड्डी लिएपछी समस्या परेको हो। पन्त यस अघी पनि मन्त्री बनिसकेकी छिन भने प्रसाई मन्त्री भएकी छैनन्।झापाकी प्रसाई अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकी साली समेत हुन्। कार्कीकी जेठी श्रीमती सरिताकी दिदी हुन्। सरिताकी दिदी तर्फ कार्कीकी छोरी समेत छिन।
आज मन्त्रीपरिषद विस्तार नभए पनि भोली बिहान ९ बजे सरिता प्रसाई लाइ समेत सहभागी गराएर सपथ खुवाउने श्रोतको भनाइ छ। कोइरालाले प्रसाईलाइ नै मन्त्री बनाउने भनेर पौडेललाइ कडा जवाफ दिएको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट