निजामती सेवाका दुई सह सचिब अख्तियारको हिरासतमा छन। ठुलो भनिएको सुरो माछालाइ २१ अर्बको बात लागेको छ भने अर्का भुरा सह सचिबले १० हजार खल्तीमा हाल्दा हिरासतमै रात बिताउनु परेको छ । दुबै जना एउटै हिरासतमा थुनिएका छन् । तर अनौठो के छ भने एक जना २१ अर्बभन्दा बढीको रकम भ्रष्ट्राचार गरेको आरोपमा थुनिएका छन् । अर्का चाहिँ १० हजार रुपैयाँ घुस खाएको आरोपमा थुनामा छन् । २१ अर्बको आरोप लागेका आन्तरिक राजस्व बिभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा हुन्।जो २ करिब २ महिना यता बाट हिरासतमा छन। अर्का १० हजार काण्डका नायक सहसचिब डा. रमेश विक्रम सिंह हुन्। जो दुई दिन बाट हिरासतमा रात कटाईरहेका छन।अख्तियारले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंहलाई १० हजार घुस सहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो । विभागका एक कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा अंक बढाइदिए वापत उनले १० हजार घुस लिएको आरोप लगाउँदै अख्तियारले उनलाई समातेर हिरासतमा राखेको हो ।