७ अंकले बढ्यो नेप्से, झण्डै एक अर्वको कारोबार



हाम्रो इकोनोमि

मंगलबार नेप्से परिसूचक ७.११ अंकले वृद्धि भई १६३६.१९ विन्दूमा पुुगेको छ । १५६ कम्पनीको ९४ करोड ८५ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । कुल १३ लाख ७१ हजार ११० कित्ता सेयर किनबेच भएका छन् ।

बैकिङ समूह ०.४ अंकले मात्र घट्यो । यस्तै, अन्य समूह ३.१८ अंकले ओरालो लाग्यो । बाँकी सबै समूहको सूचक हराभरा बने । सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक ७९.८५ अंक(३.२२ प्रतिशत)ले वृद्धि भयो । यस्तै, बिमा समूह १५७.३२ अंकले बढ्यो भने विकास बैंक ६.४८, जलविद्युत १८.०३, बित्त समूह ६.९६, होटल समूह ८.३९ र ट्रेडिङ समूह १.३५ अंकले वृद्धि भए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सामान्य सुधार आउँदा सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढ्यो भने समग्र कारोबारमा समेत सुधार हुुँदा फ्लोट इण्डेक्समा ०.३ अंकले वृद्धि भयो ।

कारोबार रकममा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरले अग्रता लिएको छ । यस कम्पनीको १० करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु इन्सुरेन्स र नेपाल इन्सुरेन्स परेका छन् ।

यो दिन सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतले गिरावट आयो ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...