नयाँ शक्तीमा सप्रने देखेनन् बाबुरामले चाला,प्रचण्डकै वरिपरी घुम्न को लगाए खेताला?



नयाँ शक्तिले माओवादी केन्द्रले राखेको एकता प्रस्तावलाई सर्त सहित स्वीकार गर्ने चेष्टा देखाएको छ। स्थानीय तहको चुनाबमा सिन्को समेत भाच्न नसकेको उसले उपेन्द्र यादव संग पार्टी मिलाउने भने पनि त्यो सार्थक हुन् सक्ने संकेत नदिए पछि बाबुराम भट्टराई बरु माओबादीमै फर्कन जाति भन्दै भित्र भित्र कुरा गर्न थालेका छन।

भट्टराईका अति प्यारा नयाँ शक्तिका प्रमुख नेता देवेन्द्र पौडेलले भने, “प्रचण्डले नाम फेर्नुभयो, शैली फेर्नुभयो, विचार फेर्नुभयो भने हामीले पूर्वाग्रह राखेका छैनौँ । एकता हुन सक्छ ।” तर अहिलेकै अवस्थामा एकता सम्भव नभएको पौडेलको भनाई छ ।

पौडेलले पार्टी कमजोर भएको र जनमत कम आएको अवस्थामा छरिएर रहेका माओवादी वृत्तका नेताहरु एक ठाउँमा भएदेखि राम्रो हुन्थ्यो भन्न खोज्नुलाई सकरात्मक रुपमा लिएको बताउँदै भन्नुभयो, “हिजो विद्रोहको कुरालाई लक्षित बनाएर बनाएका कार्यशैलीहरु छन् । ति चिजहरु बदलिए भने पार्टी एकता हुन सक्छ ।” कुनै पनि अवस्थामा प्रचण्डसँग सहकार्य नै नगर्ने, एकता नै नगर्ने भनेर कहिल्यै नभनेको स्पष्ट पार्दै पौडेलले पार्टी कमजोर भएको विषयमा चुनावको नतिजालाई समिक्षा गरेर पार्टीलाई बलियो बनाउने रणीति लिएको बताए । पछिल्ला केहि दिन यता बाट भट्टराई प्रचण्ड संग निरन्तर सम्बदमा छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय