गगनले देउवा र सिटौलालाइ चोर औलो तेर्साएर भने- माओवादीले जनार्दन शर्मालाई दोहोर्याउन हुने काँग्रेसले किन नहुने?



पार्टी भित्रको आन्तरिक कलहले शिथिल बनेका कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले भोली मन्त्रिपरिषद विस्तार गर्ने भए पछि केहि राहत त महसुश हुन्छ। तर पार्टी भित्रको कलह अझै नसकिने भने पक्का छ। काँग्रेस भित्र हाबी भएका कृष्ण प्रसाद सिटौला र गगन थापाविचको कलहले पनि सरकार विस्तारमा रडाँको मच्चिएको हो । यसअघि स्वास्थ्य मन्त्री भइसकेका गगन थापाले सिटौलालाई पुनः स्वास्थ्यमन्त्री नपाए सिटौलाको गुटलाई निमिट्यान्न पार्ने चेतावनी दिएपछि सिटौलाको निद हराम भएको छ । हुन् पनि गगनले मन्त्री हुदा राम्रो काम गरेका थिए। गुटलाइ बचाउन सिटौलाले भिमसेन दास प्रधानलाइ मन्त्री बनाउदै छ,जो गगन जति कविल छैनन्।

यस अघि स्वास्थ्यमन्त्री भएर जनताका लागि धेरै नितीगत सुधार गरेका थापाले मन्त्रालय अन्र्तगतका विभिन्न स्वास्थ्य प्रतिष्ठान र काउन्सिलहरुमा पदाधिकारी नियुक्त गर्दा भने, सिटौलाकै निर्देशनमा मान्छे भर्ती गरेर आलोचित भए । तर अहिले सिटौला गगन लाइ मन्त्री नबनाउन ज्यान फालेर लागेको बुझिएको छ। सिटौला गगन थापाको सरकारमा जानुपर्ने अड्डी पछि दोधारमा परेका छन् । गगन थापा मन्त्रीहुँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत हुने सबै कृयाकलापहरुमा नेता सिटौलाले हस्तक्षेप गरेको र प्रायः सबै नियुक्ति तथा सरुवा बढुवाहरुमा सिटौलाले हस्तक्षेप गरेको गुनासो छ ।

र, त्यसकै पैचो सिटौलाले तिर्नुपर्ने भन्दै थापाले सिटौलासँग वार्गेनिङ गरेको काँग्रेस मुख्य कार्यालयमा चर्चा हुन् थालेको छ। गगन थापाले नियुक्तिमा कसैसँग कुनै पैसा नलिएपनि हरेक नियुक्तिमा सिटौला हाबी हुँदा करोडौंसम्मको चलखेल भएको चर्चा व्याप्त छ । सिटौलाले आफु लाइ मन्त्री नबनाउने थाहा पाए पछि उनी ‘माओवादीले जनार्दन शर्मालाई दोहोर्याउन हुने काँग्रेसले किन नहुने ?’ भन्दै पार्टी अध्यक्ष र सिटौलासँग मुर्मुरिएका छन् ।
अहिले स्वास्थ्य मन्त्रालयमा एमाओवादीले दाबी गरेर गिरीराजमणी पोखरेललाई पठाउने आन्तरिक तयारी समेत गरिसकेको छ । भोलि सम्ममा सरकार विस्तार भए स्वास्थ्य मन्त्री पोखरेल हुने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय