परिसूचकमा गिरावट आएपनि सेयर बजारमा अर्ब बढीको कारोवार



हाम्रो इकोनोमि

सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ६.४८ अंकले घटेर १६२९.०८ अंकमा ओर्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४१ अंकले घटेर ३४४.६० अंकमा झरेको छ । आज १५३ कम्पनीका १७ लाख २५ हजार कित्ता शेयर एक अर्ब पाँच करोड रुपैयाँमा खरिद बिक्री भयो ।

होटल समूह सबैभन्दा धेरै २६.७१ अंकले घटेको छ । बैंकि«, विकास बैंक, जलविद्युत् र अन्य समूह क्रमशः १५.२६, ७.०४, ४.०२ र ०.५८ अंकले घटेका छन् । यता, बीमा समूह सबैभन्दा धेरै १००.७ प्रतिशतले बढेको छ भने फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ३.६१ र ०.५८ अंकले बढेका छन् ।

सोमबार सबैभन्दा बढी सानिमामाई हाईड्रोपावर कम्पनीको शेयर खरिद बिक्री भएको छ । सानिमाको करिब आठ अर्ब ७९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

आज सबैभन्दा बढी कमाउने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । नेशनलले १० प्रतिशत कमाएको हो । करिब सात प्रतिशत गुमाउँदै गोर्खा फाइनान्स गुमाउने कम्पनीको सूचीमा पहिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...