संसदमा चोरलाइ चाबी, स्वास्नीलाइ सरकारी गाडी,कसले प्वाल पार्दियो ओनसरीको साडी?



देशमा गणतन्त्र नेपालको स्थापना भएको दश वर्ष लागिसक्दा पनि संसद सचिवालयमा कार्यरत हाकिमहरु संविधान, ऐन र कानुन भन्दा माथि हुने तर मार चाहिँ तल्लो तहमा कार्यरत कर्मचारीले खानुपर्ने गज्जबको कानुन छ । संसद सचिवालयका सचिव हिमलाल सुबेदीले सचिवालयको गाडी घरमा लगेर श्रीमतीले सिक्नका लागि चलाउँदा ठोक्कियो । तथापि मर्मत खर्च संसद सचिवालयबाटै लिए । तर उनैको राहदानी लिन परराष्ट्र मन्त्रालय जाँदा बाटोमा परेको दूर्घट्नाको खर्च चाँहि निरिह चालक ऋषि प्रसाद सिंखडालाई तिनुपर्ने दबाव दिँदै आएका छन् । प्रशासनका सहसचिव सुरज कुमार दुरा जो साला र साली समेतलाई ‘हुकुम प्रमाङ्गी’ गराएर जागिरे बनाएका छन् उनी र सचिव सुबेदीले राजिनामा दिन दबाव दिइरहेका छन् । त्यसो त तत्कालिन सभामुख तारानाथ रानाभाट विदेश यात्रामा जाँदा उनका छोरा आतंक रानाभाटले घुम्नका लागि केटी साथी लिएर चितवन गए । उनले त्यो गाडी कामै नलाग्ने गरी दूर्घट्ना गराए । तर संसद सचिवालयकै रकममा मर्मत गरियो । बाबु तारानाथ बिदेश भ्रमणमा गएको समयमा त्यो गाडी नसोधिकनै तत्कालिन निजी सचिव ठाकुर बरालको जोडबलमा दिइएको थियो । त्यसैगरी विश्वेन्द्र पासवानले चलाएको गाडी होस वा उपसभामुख गंगा प्रसाद यादवको गाडी दूर्घट्ना हुँदा होस सबै रकम सचिवालयले नै भुक्तानी गर्दै आएको छ ।

सचिब हिमलाल सुबेदीको बा. २ झ १६८५ नम्बरको गाडी मनोहरा नगरपालिकाका सेवा करार अन्तर्गत सवारी चालक (ड्राइभर) पदमा जागिर खाएका ऋषि प्रसाद सिंखडाले चलाउँदै आएका थिए । सचिव सुबेदीको स्टडी भिजिट कार्यक्रम अन्तर्गत बेलायत भ्रमणमा जानका लागि बनाइएको कुटनीतिक राहदानी लिन उनका स्वकीय सचिव चिरकाजी महर्जन समेत बसेर उक्त गाडी जेष्ठ ३० गते दिउसो सिंखडाले चलाएको अवस्थामा पुतली सडक चोक नजिकै मोटरसाइकललाई ठक्कर दियो । मोटर साइकल चालक सुधिर भट्टराई घाइते भए । उनलाई बीएण्ड बी अस्पतालमा उपचार गरियो । संसद सचिवालयले आप्mनो लेटरप्याडमा चलानी नम्बर ८३ बाट शाखा अधिकृत ज्ञानहरि पंथीको हस्ताक्षरित पत्रमा उपचार खर्च ब्यहोर्ने भनेरै पत्रचार ग¥यो । तर अहिले आएर एक लाख रुपैया चालकले आफ्नो तलबबाट कटाउनु पर्ने वा राजिनामा दिनुपर्ने भन्दै अव्यवहारिक कुरा गरेर बारम्बार दुःख दिइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । अस्पतालको स्टिमेटमा ५ प्रतिशत कर बाहेक तीन लाख बाउन्न हजार ६ सय रुपैया रहेको छ । तर सभामुख ओनसरी घर्तिसँग सचिव सुबेदी र सहसचिव दुराले सात लाख रुपैया पर्ने भन्दै ब्रिफिङ गरिरहेका छन् । यसरी सभामुखले समेत सात लाख रुपैया धेरै भएको भनेपछि कमिसन खान नपाएको झोक सचिब र सहसचिवले निरिह चालक माथि थोपर्ने प्रयास गरिरहेका छन् सचिवालय स्रोतले डायरी एक्सप्रेस साप्ताहिकलाई बतायो ।
संसद सचिवालयले उपचार गर्नका लागि त्यतिका टाढा किन बीएण्डबी अस्पताल लैजान अनुमति दियो ? किन बिर अस्पताल र टिचिङ अस्पताल लैजान भनिएन ? वा अस्पतालसँग के त्यहाँका उच्च अधिकारीहरुको कमिसनको चलखेल त थिएन ? वा त्यो कमिसनको बार्गेनिङ नमिलेर अहिले चालकसँग नै रकम मागिएृको त हैन ? अहिले घाइतेसँग मिलापत्र भएर डिस्चार्ज भइसक्दा पनि चालकको लाइसेन्स प्रहरीमै राखिएको छ । तर, सचिवालयका जिम्मेवार कर्मचारीहरु एकोहोरो रुपमा राजिनामा दिन दवाव दिइरहँनुले कतै सचिव सुबेदीका आफन्त वा सहसचिव दुराका कोहि निकट थप व्यक्तिहरु जागिरमा राख्न जरुरी त छैन ? भन्ने चासो सचिवालयमा छ । यस सम्बन्धमा सचिव सुबेदीसँग उनको मोबाइल नम्बर ९८…३१०५९९ मा सम्पर्क गर्दा उनले फोन उठाएनन् । स्मरणीय कुरा के छ भने सचिव सुबेदीले पनि श्रीमतीलाई समेत सचिवालयमा जागिर ख्वाएका थिए । तर घरायसी समस्या परेर उनले काम छाडेकी थिइन् ।
‘संसदमा दूधको साक्षी बिरालो’
शाखा अधिकृत हुँदा दुई वर्ष अघि स्टोर प्रमुख बनेका नेत्र कार्कीले कार्यालयको समानहरु सोफा कुर्चि लगायतका घर लैजादै रंगेहात समातेर फर्काइयो । उनले बानेश्वर लैजाने भन्दै कार्यालयका समानहरु घरमा लैजादै गरेका थिए । तिनै कार्कीलाई सवारी शाखाको प्रमुख बनाएर ७ करोड बराबरका १८ वटा गाडी मगाइए जुन आवश्यक नै थिएन । तर शाखा प्रमुख कार्की, प्रशासन प्रमुख सहसचिव दुरा, सचिव सुबेदी र महासचिव मनोहर भट्टराईले भागशान्ति पाउने भएपछि यो निर्णय पनि पास भयो । अहिले संसदमा गाडी मात्रै थुपारिएको छ । राख्ने स्पेश समेत छैन । तर सधै गाडी किनेको सुनिन्छ एक जना उपसचिवले दुःखसो पोखे । कार्की नै सवारी शाखाको प्रमुख बनाइनुमा पनि ठूलो कमिसनको खेल भएको बुुझिएको छ । चाहिने नचाहिने खरिद गर्नु र कमिसन खानु उनका लागि नयाँ चाँहि होइन । उनी कमिसनका मामिलामा खान र ख्वाउन सिपालु मानिन्छन् । एक जना कर्मचारीले तथ्य कुरा खुलाए । कमिसनकै लोभमा नयाँ कार्पेट समेत फेर्ने काम गरिए । तथापि कोहि पनि बोल्ने आँट गरेनन् ।
संसद सचिवालयमा भएका अनियमित्तता र भ्रष्टाचारहरुलाई अख्तियार दुरुपयोग अनुसञ्धान आयोगले समेत हेर्न नपाउने भन्दै मनपरितन्त्र चलिरहेको छ । खरिद शाखामा बसेर बिल मिलाउने र नक्कली होटलका बिलमा भुक्तानी गर्ने चलन चाँहि नयाँ होइन एक जना लेखाका कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय