दुई कम्युनिस्टको मधेशमा टक्कर,चुनाबमा कसले खाला ठक्कर?



मधेश आन्दोलनको विपक्षमा देखिदै आएको नेकपा एमाले अहिले मधेशी दलहरुसँग सम्बन्ध सुधारमा लागेको छ । दुई नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचन आउनै लाग्दा एमालेले मधेशी दलहरुसँग सहकार्य गर्ने तयारी गरेको छ ।

एमालेले राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँग छुट्टाछुट्टै संवाद अघि बढाउने जनाएको छ । ‘मधेशकेन्द्रित दलहरूसँग विभिन्न चरणमा भइरहेका अनौपचारिक संवादलाई निरन्तरता दिने सोचमा छौँ,’ सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । सबै दल चुनावमा भाग लिने गरी सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न एमालेले चाहेको उनले बताए ।

एमालेले मधेशकेन्द्रित दलसँग विभिन्न चरणमा अनौपचारिक संवाद गरिरहेको छ । २५ असारमा उपमहासचिव घनश्याम भुषाल, डा. राजन भट्टराई, रवीन्द्र अधिकारीले राजपाका नेताहरू लक्ष्मणलाल कर्ण, केशव झा, अनिल झा, मनीष सुमनलगायतसँगको अनौपचारिक संवाद गरेका थिए ।

त्यसपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरलेलगायत नेताले राजपा अध्यक्षमण्डलका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतसँग भेटघाट र टेलिफोन संवाद गरेका छन् । ‘अध्यक्ष कमरेडले तिब्बत प्रस्थान गर्नुअघि पनि राजपाका नेताहरूसँग अनौपचारिक कुराकानी गर्नुभएको छ’ ईश्वर पोखरेलले भने, ‘परिणाममुखी दिशातिर अघि बढ्ने स्थितिमा हामी औपचारिक संवाद बढाउने सोचमा छौँ ।’

 

ओलीको घोषणालाई पूर्णता दिन २९ असारमा मधेशी बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै एमाले अध्यक्ष ओलीले तराईको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिने घोषणा गरेका थिए । त्यही घोषणालाई औपचारिकता दिने गरी प्रदेश–२ का स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले मधेशकेन्द्रित दलसँग अनौपचारिक संवादलाई निरन्तरता दिन लागेको हो ।

उता चालु केन्द्रीय समितिको बैठकबाट अध्यक्ष प्रचण्डले एमाले र कांग्रेससँग टक्कर लिन दुई निर्णय लिएका छन्।

१. वाइसीएल सक्रिय बनाउने ।
२. बाबुराम, बिप्लव र बैद्यसँग एकता गर्ने ।

यी दुबै प्रचण्ड रणनीति कार्यान्वयनको सुरुआत भइसकेको छ । चुनावमा प्रचण्ड पाहा पछारिएझैं पछारिएपछि प्रदेश र संसदको निर्वाचनमा बलियो बन्नका लागि यो एकीकरण र वाईसीएलको डरलाग्दो स्वरुप जरुरी देखेका प्रचण्डले, भन्नलाई माओवादी केन्द्र लोकतान्त्रिकरण हुँदै गएको फुइँकी हाँकेका छन् । यथार्थमा बिना डर अब माओवादी केन्द्र सकिने भो भनेर प्रचण्डले आतंकको वातावरण सिर्जना गर्न यी दुबै रणनीति अख्तियार गरेको विश्लेषकहरुको निष्कर्ष छ ।

यसैबीच प्रचण्डसँग निफुर्किएर अलग भएका मातृका प्रसाद यादवलाई पार्टीमा फर्काउन सफल भएका प्रचण्डले उनलाई मधेसमा मधेसी भ्वाइस एसेम्बली गठन गर्न निर्देशन दिएका छन् । यो संस्था गत शनिवारदेखि नै सक्रिय भइसकेको छ । यसको गठन मधेसमा एमाले र कांग्रेसलाई बढार्ने र माओवादी केन्द्र र मधेसवादीको संयुक्त मोर्चालाई बलबती बनाउने रहेको स्रोतको दावी छ ।

अचम्म त के छ भने आफूलाई राष्ट्रवादी भनेर नथाक्ने प्रचण्ले ‘एक मधेश एक प्रदेश’को माग राखि मधेशमा संघर्षका पाँच सदस्यलाई मधेशी भ्वाइस एसम्बलीमा सदस्य बनाएका छन् । माओवादी केन्द्रको भातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा र संयुक्त राष्ट्रिय मधेशी आन्दोलन समितिले गत शनिवार संयुक्त रुपमा आयोजना गरी कार्यक्रम समेत गरिसकेका छन् ।

एसम्बलीमा माओवादी केन्द्र कार्यालय सदस्य मातृका यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, नयाँ शक्ति नेपालका नेता डा.रामकेवल साह सदस्य रहेका छन् । उनीहरुले अव मधेसको शक्ति देखाइदिने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय