पैसा खाएर सबैथोक गर्ने सभापति ज्यु,भन्दै गगन रन्किए पछि देउवाले गरे बैठक स्थगित,आज के हुदै छ कांग्रेस केन्द्रिय समितीमा?



नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टी संगठनलाई पुर्नजीवन दिन तत्काल विधान बमोजिम पदाधिकारीको नियुक्तिसँगै विभागहरुको गठनका लागि सभापतिलाई दबाब दिएका छन्। बोल्ने सबैले सभापतिको आलोचना गरेका थिए।

केन्द्रीय समिति बैठकको दोस्रो दिन आइतबार अपरान्हको बैठकमा बोल्दै कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले विधान बमोजिम पदाधिकारी र सबै विभागहरु गठन गरी पार्टीका सबै नेता कार्यकर्ता र भातृ संस्थालाई जनतामाझ परिचालन गर्न आग्रह गरेका थिए।
टिकट वितरणमा पार्टीले गरेको कमिकजोरीका कारण निर्वाचनमा पार्टी पराजित भएकोस्थितीको विश्लेषण गरेर यसका लागि तत्काल आवश्यक सुधार संगठनभित्र नल्याएर आगामी दिनका निर्वाचनमा स्थिती थप विग्रन सक्ने खतरा प्रति पनि सबैलाई सचेत रहन उनले जोड दिए। पार्टी सभापति शेर बहादुर देउवा प्रति कटु आलोचना गर्दै उनले घुमाउरो पारामा हकारेका थिए।

नयाँ संविधानको कार्यान्वयन पश्चात पार्टीको पुरानो संरचनाले काम गर्न कठिनाई हुने बताउँदै उनले विधान संशोधनको गृहकार्य गरी महासमिति मार्फत अनुमोदन गर्न र त्यतिबेलासम्म तल्लो तहमा तदर्थ समिति बनाएरै भएपनि पार्टीका गतिविधिलाइृ बढाउन माग गरे।

इश्वरी न्यौपानेले नेतृत्वबीच स्वार्थ मिल्दा आपसमा बसेर विधि र प्रक्रिया नभनी भागवण्डा गर्ने र कहि कतै अप्ठ्यारोस्थिती आयो भने आफूलाई राम्रो र नेतृत्व खराब भन्दै भागवण्डाले पार्टी विग्रीयो भन्ने कुरा गलत भएको बताइन्।

उनले पार्टीबाट मन्त्रीहरु चयन गर्दा पनि नेताहरु आपसमा बसेर छलफल गरी निर्णय भएपछि यो गुट र उ गुटको भनेर कसैलाई नछुट्याई समग्र पार्टीको भन्ने सन्देश दिन पनि नेताहरुलाई सुझाव दिएकी थिइन्।
गगन थापाले सर्वोच्च अदालतको प्रधानन्यायाधीस विरुद्धको महाभियोग लगाउनेदेखि स्वतन्त्र न्यायालय विरुद्ध कांग्रेसले दिएको अभिव्यक्तिका कारण पनि जनतामा पार्टी विरुद्ध असन्तुष्टि बढेको दाबी गरे। उनले राजनीतिक नियुक्तीमा नेतृत्वले पैसा खाएर सबै थोक बिगारेको आरोप समेत लगाए।

नविन्द्रराज जोशीले जनतामा कांग्रेसप्रति आशा भन्दा बढी निराशा जगाउने खालको गतिविधिका कारण पनि निर्वाचनमा पराजित हुनु परेको दाबी गरे।
मिनेन्द्र रिजालले पार्टी निर्वाचनमा पराजित हुँदा त्यसको जस अपजस नेतृत्वले नै लिनु पर्ने बताए।

कतिपय सदस्यहरुले तराई मधेसको विषयमा सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक तत्काल प्रक्रियामा बढाउन र मधेसकोबारेमा निर्णय लिँदा मधेसी मोर्चाको नभएर पार्टीभित्रैका नेता र कार्यकर्ताको भावना अनुसार काम गर्न नेताहरुलाई सुझाव दिएका थिए।
बैठकमा बोल्न खोज्ने नेताहरुको नामावलीको सूचि लामो भएपछि सभापति शेरबहादुर देउवाले हिजोको बैठक स्थगित गर्दै सोमबार बिहान ११ बजे पुनः बस्नेगरी बैठक स्थगित गरेका थिए । आज पनि देउवाको कार्य शैलीको बिरोध गर्दै एक दर्जन नेता बोल्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय