थोरै अंकले घट्यो नेप्से, १ अर्ब ६ करोडको सेयर कारोबार



हाम्रो इकोनोमि

साताको सुरुको दिन आइतबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५.५६ अंकमा कायम भएको छ

आज सेयर बजारमा १ अर्ब ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । १५१ कम्पनीको यस दिन कारोबार भएको छ। बजारको पुँजीकरण १९ खर्ब १८ अर्ब कायम भएको छ।

बैंकिङ समूह १४, जलविद्युत २ र फाइनान्स समूह ४ अंकले घटेका छन्। अन्य समूह १ अंकमुनि रातो रह्यो। यस दिन बिमा समूह २७५ अंकले उक्लिएको छ। बिमा कम्पनीहरुले यस आर्थिक वर्षभित्र तोकिएको चुक्ता पुँजी पुर्याउन ठूलो परिमाणमा हकप्रद तथा बोनस दिने भएपछि बिमा समूहमा लगानीकर्ता आकर्षित देखिएका हुन्। लगानीकर्ताले बिमा कम्पनीहरुको सेयर किन्न बैंकहरुको बेच्न थालेपछि बिमामा ठूलो अंकको वृद्धि तथा बैंकिङमा गिरावट आएको हो।

उत्पादन १६, विकास बैंक १ र होटल समूह ४ अंकले बढेका छन्। नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६ करोड ८७ लाखको कारोबार भएको छ। कम्पनीको मूल्य बढेर २३०२ कायम भएको छ। नेको र प्रभु इन्स्योरेन्स कारोबारका आधारमा उत्कृष्ट तीनभित्र पर्न सफल भए।

हाम्रो विकास बैंक, कुबेर मर्चेन्ट र हिमालयन जनरल इन्स्योरेन्सको मूल्य ९ प्रतिशत बढीले बढेको छ। रिलायन्स फाइनान्स तथा रिडी हाइड्रोपावरको मूल्य ४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...