थोरै अंकले घट्यो नेप्से, १ अर्ब ६ करोडको सेयर कारोबार



हाम्रो इकोनोमि

साताको सुरुको दिन आइतबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५.५६ अंकमा कायम भएको छ

आज सेयर बजारमा १ अर्ब ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । १५१ कम्पनीको यस दिन कारोबार भएको छ। बजारको पुँजीकरण १९ खर्ब १८ अर्ब कायम भएको छ।

बैंकिङ समूह १४, जलविद्युत २ र फाइनान्स समूह ४ अंकले घटेका छन्। अन्य समूह १ अंकमुनि रातो रह्यो। यस दिन बिमा समूह २७५ अंकले उक्लिएको छ। बिमा कम्पनीहरुले यस आर्थिक वर्षभित्र तोकिएको चुक्ता पुँजी पुर्याउन ठूलो परिमाणमा हकप्रद तथा बोनस दिने भएपछि बिमा समूहमा लगानीकर्ता आकर्षित देखिएका हुन्। लगानीकर्ताले बिमा कम्पनीहरुको सेयर किन्न बैंकहरुको बेच्न थालेपछि बिमामा ठूलो अंकको वृद्धि तथा बैंकिङमा गिरावट आएको हो।

उत्पादन १६, विकास बैंक १ र होटल समूह ४ अंकले बढेका छन्। नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६ करोड ८७ लाखको कारोबार भएको छ। कम्पनीको मूल्य बढेर २३०२ कायम भएको छ। नेको र प्रभु इन्स्योरेन्स कारोबारका आधारमा उत्कृष्ट तीनभित्र पर्न सफल भए।

हाम्रो विकास बैंक, कुबेर मर्चेन्ट र हिमालयन जनरल इन्स्योरेन्सको मूल्य ९ प्रतिशत बढीले बढेको छ। रिलायन्स फाइनान्स तथा रिडी हाइड्रोपावरको मूल्य ४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...

सुनको भाउ तोलाको ३ लाख १८ हजार नाघ्यो

     नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।...