शिवम् सिमेन्टको प्रयोग गर्दा हुन्छ डरलाग्दो हानी,सिमेन्ट भनेर बेचिदैछ माटो र खरानी



नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० लाइ खरिद गरेर शिबम सिमेन्टले कच्चा सिमेन्ट उत्पादन गर्ने गरेको रहस्य खुलेको छ।उसले नेपाल नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्व बाबु पुडासैनीलाइ पैसा खुवाएर कानुन बर्जित काम गरेको फेला परेको हो। भुस लिएर परिक्षण गर्न गए पनि राम्रो गुणस्तरको सिमेन्ट भनेर लाहा छाप लगाउने पुडासैनीले पैसा पाए अनेक गर्ने गरेको नापतौलका एक कर्मचारीले बताए। शिबम सिमेन्टले पुडासैनीलाइ प्रभावमा पारि कमसल सिमेन्ट उत्पादन गर्दै आएको छ।कमसल मात्र होइन ब्याच नराखी र कम तौलको सिमेन्टका बोरा बजारमा पठाउनु पनि उसको अर्को बिशेषता हो। प्रतिबोरा १ केजी कम हुने शिबम सिमेन्ट कमसल रहेको इन्जिनियरनै बताउछन। शिबम सिमेन्टको प्रयोगले बनेका घर धेरै समय नटिक्ने र धुलो झर्ने कच्चा प्रकारका हुन्छन। पैसाका भरमा सिमेन्ट भन्दै माटो र खरानी बेच्दै आएको शिबमलाइ राजनीतिक आशिर्बाद रहेको र त्यसैका आडमा ठगि धन्धा चलाएको जानकारहरुको भनाइ छ। गुणस्तरमा कहिल्यै सम्झौता नगरौ भन्ने नारा दिएर शिबमले सेकेन्ड सेकेण्डमा गुणस्तरहिन सिमेन्ट बेचेर ठगि गर्दा समेत नियमनकारी निकाय कानमा तेल हालेर बसेको छ।

सर्वसाधारण जनताको हितको लागि कुनै वस्तु सेवा प्रक्रिया वा प्रणालीको नेपाल गुणस्तर निर्धारण गर्ने र त्यस्ता वस्तु सेवा प्रक्रिया वा प्रणालीको गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्ने व्यवस्था गर्ने नेपालभरी मेट्रिक पद्धतिमा आधारित नाप र तौलको स्टाण्डर्ड कायम गरी प्रचलनमा ल्याउने अन्तर्राष्ट्रिय ब्यापारमा निर्याततर्फ गुणस्तरको सम्बन्धमा सरलीकरण तथा प्रवर्द्धन गर्ने स्वदेशी उद्योगहरुलाई गुणस्तर सम्बन्धी प्राविधिक सहयोग प्रदान गर्ने र उपभोक्ता वर्गले गुणस्तरीय वस्तु सेवा प्राप्त गर्न सक्ने वातावरण श्रृजना गर्ने गुणस्तर निर्धारण गर्ने गुणस्तर प्रमाण चिन्ह प्रदान गर्ने खेप प्रमाणिकरण गर्ने प्रयोगशाला प्रमाणिकरण गर्ने विश्लेषण सेवा प्रदान गर्ने क्यालिव्रेशन सेवा प्रदान गर्ने गुणस्तरको सम्बन्धी पुस्तकालय सेवा प्रदान गर्ने नेपाल स्ट्याण्डर्ड (NS) क्वालिटी अवार्ड प्रदान गर्ने अन्तर्राष्ट्रिय व्यापारमा हुन आउने प्राविधिक अवरोध हटाउन आवश्यक कार्य गर्ने कार्यहरु गुणस्तर तथा नापतौल विभागले गर्दै आएको भनिए पनि पुडासैनीलाइ पैसा खुवाए अरु केहि गर्न नपर्ने श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय