टेलिकम लुटिदा अख्तियारलाई परेन तोड,एनसेल पोस्दै टेलिकमको कसले पचायो एक अर्ब पच्चिस करोड?



नेपाल टेलिकमलाई भ्रष्टाचारले ढाल्नै लाग्दा पनि भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी संयन्त्र कानमा तेल हालेर बस्दा त्यहाँका इमानदार कर्मचारीहरु आफू स्तब्ध भएको बताउँछन् । उनीहरुका अनुसार प्रबन्ध निर्देशक कामिनीराज भण्डारी तथा प्रबन्धक प्रदीप ठाकुरले टेलिकम डुबाउने र आफूलाई धनाढ्य बनाउने नयाँनयाँ तरिका दिनप्रति दिन अपनाउने गरेका छन् ।

टेलिकम कर्मचारीहरुले जानकारी दिए अनुसार फोरजी सेवाका नाममा जथाभावी खर्च देखाइएको छ जुन कि वास्तवमा थ्रीजी हो । फोरजीका नाममा सधै सरकार एवं सर्वसाधारणको आँखामा छारो हालिएको उनीहरुको भनाई छ । टेलिकमका प्राविधिक विज्ञहरुले बताए अनुसार नेपाल टेलिकमले प्रयोग गर्ने ९०० मोगाहर्ज (जीएसएम) टूजीका लागि र १८०० मेगाहर्ज (डीसीएस) टूजीका लागि तथा २१०० मेगाहर्ज (यूएमटीएस) थ्रीजीका लागि प्रयोेगमा आइरहेको छ । यो सबै पुरानै टावर तथा उपकरण प्रयोग गरेर सेवा दिइँदै आएकोमा नयाँ टावर तथा उपकरण जडान नगरिकन १८०० मेगाहर्जकै ब्याण्डमा कार्डमात्रै परिवर्तन गरी फोरजी सञ्चालनमा ल्याएको प्रचारप्रसार प्रबन्ध निर्देशक राजभण्डारी तथा प्रदीप ठाकुरले गर्ने गरेका छन् । कार्डमात्रै परिवर्तन गरेर एक अर्ब पच्चिस करोड रुपैयाँ भ्रष्टाचारीहरुले झ्वाम पारेको कर्मचारीहरुले बताए । बाहिरका सामान्य प्राविधिकहरुलाई ती टावर तथा उपकरणको छानविन गर्न लगाइए सबै छर्लङ्ग हुने र फोरजीका नाममा कति भ्रष्टाचार भयो तथ्य खुल्ने उनीहरुको दावी छ ।

उनीहरुका अनुसार तथाकथित फोरजीका सक्रिय प्रयोगकर्ताको संख्या प्रबन्ध निर्देशक राजभण्डारी एवं प्रदीप ठाकुरले बढाईचडाई बताउने गरेका छन् । खर्चको तुलनामा आम्दानी एकदमै न्यून छ । भ्रष्टाचार गरिएको एकसय २५ करोड रुपैयाँ टेलिकमले कहिले कमाउने हो ? के यसको सही जवाफ राजभण्डारी र ठाकुरसँग छ ? टेलिकम कर्मचारीहरु प्रश्न गर्छन् । दुई तीनजना नायब प्रबन्ध निर्देशकले यस सम्बन्धी कागजपत्रमा असहमत भएर हस्ताक्षर नगर्दा पनि यो अनियमित एवं टेलिकम ध्वस्त बनाउने कार्य राजभण्डारीले ठाकुरको इशारामा गरेको टेलिकम कर्मचारीहरु बताउँछन् । उनीहरुका अनुसार टेलिकम डुबाउने खेलमा वास्तविक खेलाडी प्रबन्धक ठाकुर नै हुन् । निर्णय क्षमता नभएकी असक्षम राजभण्डारीले प्रत्येक गलत निर्णय ठाकुरकै इशारामा गर्ने गरेकी छन् । टेलिकमका ठुला टेण्डर एवं प्रोजेक्टका फाइलहरुमा रहेका हस्तलिपी एवं हस्ताक्षर जाँच गरिए यो यथार्थ स्वत प्रकट हुनेछ । टेलिकमको फोरजी अनियमितता प्रकरण आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको प्रकरणभन्दा गम्भीर एवं ठूलो भए पनि यसतर्फ अख्तियारलगायत सरकारी संयन्त्र गम्भीर नदेखिएकामा टेलिकमका इमानदार कर्मचारीले दुख पनि व्यक्त गरे । टेलिकमका इमानदार एवं टेलिकम जोगाउन संघर्षरत कर्मचारीहरुले कामिनी राजभण्डारी तथा प्रदीप ठाकुरले फोरजी सेवा सञ्चालनका नाममा गरेको अनियमितताबारे सविस्तार खुलासा गर्दै आवश्यक छानबिन एवं कारबाहीका लागि अख्तियारमा पटक पटक उजुरी दिएको सञ्चारकर्मीलाई बताउने गरेका थिए । उनीहरुले भण्डाफोर गरेपछि विभिन्न सञ्चार माध्यममा फोरजी घोटाला प्रकरणले स्थान पाएको थियो । ती कर्मचारीले दर्ता नं. ७२६० मिति २०७३÷०६÷१०, दर्ता नं. ९५०१ मिति २०७३÷०७÷२३, दर्ता नं. १०३५६ मिति २०७३÷०८÷१२, दर्ता नं. ११५४७ मिति २०७३÷०९÷०६ र दर्ता नं. १५१०७ मिति २०७३÷११÷०८ मा टेलिकम भित्रको अनियमितताको भण्डाफोर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको बताएका छन् । यसैगरी ती कर्मचारीले सञ्चारमन्त्री र सञ्चार सचिवसँग पनि टेलिकममा भइरहेको अनियमिता रोकी टेलिकमलाई ध्वस्त हुनबाट जोगाइदिन अनुरोध गर्दै निवेदन दिएका थिए । तर सबै निकाय तैंचुप मैंचुप भएकोमा टेलिकमको भ्रष्टाचारमा ठूलाबडाले समेत ठूलै भाग पाइरहेको ती कर्मचारीले आशंका व्यक्त गरे ।

उनीहरुका अनुसार, टेलिकमको दीर्घकालीन आम्दानी सिंगो देशको अर्थतन्त्रलाई टेवा दिन सक्षम छ । तर जानाजान टेलिकमलाई ध्वस्त बनाउने र निजी कम्पनी एनसेललाई समृद्ध बनाउने चालबाजी टेलिकमकै राजभण्डारी र ठाकुरले गरिरहेका छन् । यसकै परिणति स्वरुप फोरजी सेवा सञ्चालनमा ठूलो अनियमितता गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार, प्रबन्धक प्रदीप ठाकुरको जागिर अवधि अब केही महिना मात्र बाँकी छ । अहिले सीटीओमा रहेका उनी दस वर्षसम्म प्रोक्योरमेन्ट शाखाका प्रमुख भएर कार्यरत रहे । उनले आफ्ना आज्ञाकारी फर्म कम्पनीहरुसँग प्रशस्त अनुचित लाभ लिई अकुत धन संकलन गरेको स्रोतको दाबी छ । यसै अवैध रकमको बलमा ठाकुर जोकोही प्रबन्ध निर्देशक आए पनि उनलाई आपूmले चाहे अनुसार सबै कामकारबाही गर्न सहमत पार्ने गर्थे अन्यथा दस वर्षसम्म उनी प्रोक्योरमेन्ट जस्तो लाभकारी शाखाका प्रमुख भएर बस्न कसरी सफल भए ? काठमाडौं बाहिरका कार्यालयमा उनको सरुवा किन भएन ? टेलिकमकै इमानदार कर्मचारीको प्रश्न छ । स्रोतका अनुसार, सुरासुन्दरी तथा भोगविलासिताका सोखिन ठाकुरको पदावधि सकिनै लागेकोले उनले जसरी भए पनि टेलिकमलाई धराशायी बनाएरै भए पनि फोरजी सेवालाई माध्यम बनाएर आफ्ना कयौं पुस्तालाई धनाढ्य बनाउने चाँंजोपाँंजो मिलाइसकेका छन् ।
टेलिकम कर्मचारीहरुका अनुसार, प्रबन्ध निर्देशक कामिनी राजभण्डारी केही वर्षपूर्व ल्यान्ड लाइनमा पदस्थापन गरिंदा त्यहाँ तीन–चार महिना पनि सफलतापूर्वक कार्य सञ्चालन गर्न सकेकी थिइनन् । यसैगरी प्रोेजेक्ट प्रमुखमा पाँच महिनामै असफल भइन् । करोडौं रुपैयाँ नजराना दिएर प्रबन्ध निर्देशक पद पाउन सफल कामिनी राजभण्डारीमा निर्णय क्षमता नभएको यथार्थ उनले तीन–तीन महिनासम्म महत्वपूर्ण कार्यका फाइल पेन्डिङमा राख्नुबाटै प्रष्ट भएको कर्मचारीले बताए । निर्णयका लागि राजभण्डारीसमक्ष पेस भई पेन्डिङमा रहेका फाइलको विवरण संकलन गरिए यो यथार्थ स्वतः प्रमाणित हुने स्रोतको दाबी छ ।
पूर्व प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यको कार्यकालभन्दा पनि राजभण्डारीको कार्यकालमा टेलिकमको विजनेस खस्कँदै गएको यथार्थ त्यहाँका कागजपत्र अध्ययन गरिए सामुन्ने आउनेछ । राजभण्डारीले सो पदमा नियुक्ति पाउन कबोल गरेको लक्ष्यको आधा पनि नपुग्ने निश्चित छ । यसो हुँदा राजभण्डारी स्वयंले राजीनामा दिनुपर्नेमा करोडौं रुपैयाँ खर्च गरेर भए पनि आफू पदमा टिकिरहन शक्ति केन्द्र धाइरहेको कर्मचारीहरुले बताए । राजभण्डारी र ठाकुरमाथि कारबाही गरेर उनीहरुलाई तुरुन्त पदबाट नहटाइए टेलिकम धराशायी भई आफू र आफ्ना परिवारको भविष्य अन्धकारमय हुने चिन्ता ती कर्मचारीले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय