६८ दिनसम्म पनि आएन नतिजा,भरतपुर काण्डमा सर्बोच्चले कस्तो आदेश गर्दै छ आज ?



काही नभएको जात्रा हाँडी गाउमा भने झैँ स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको आज ६८ दिन पुगेको छ तर भरतपुर महानगर नतिजा आउन सकेको छैन। दोश्रो चरणमा चुनाब भएका सबै ठाउको नतिजा आएर प्रतिनिधीले काम सुरु गरिसकेका छन,तर भरतपुर झमेलामा अल्झिएको छ।
पहिलो चरणमा निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये भरतपुर महानगरपालिकाबाहेक सबै आइसकेको छ ।

भरतपुर महानगर १९ वडामा मतपत्र च्यातिएपछि स्थगित मतगणना अझै सुरु भएको छैन । त्यो नहुदा ६८ दिनसम्म पनि भरतपुर महानगरले मेयर पाउन सकेको छैन । त्यति मात्र होइन, नगरसभा समेत बस्न सकेको छैन भने यसले बजेटसमेत सार्वजनिक गर्न सकेको छैन । भरतपुरमा जनप्रतिनिधी नहुदा अस्त ब्यस्त छ। महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यसअघि भएको सुनुवाइमा बहस सकिएको थिएन ।

पेसी तोकिएर पनि समय अभावको कारण देखाउँदै यसअघि ६ पटकसम्म स्थगित भएको सुनुवाइ प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यभार सम्हालेकै दिन गत बुधबारबाट सुरु भएको थियो । गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको थियो । त्यहि बाट उत्पन्न विवाद सर्बोच्च पुगेर निरुपण हुन् नसकेको हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।