लूटको धनमा कर्मचारीको मोटाउदै छ ज्यान,बजेट सक्न गयो यिनको तरुनी माथी ध्यान ?



सरकारी बजेट खर्च हुन् सकेन भनेर चिन्ता गरिन्छ,बजेट खर्च नहुदा बिकाशे काम हुदैनन् र सोचे अनुरुपको प्रतिफल आउदैन।तर नेपालमा बजेट सक्न र फ्रिज हुन नदिन रातारात सडकमा कालोपत्रे हुन्छ,महिनौ लाग्ने काम एकै दिनमा तमाम हुन्छ। तर काम गरेर पैसा पचाउनुको साटो तरुनिका गाला र तिघ्रा खेलाएर त्यसैमा लगानी गरेर बजेट सकेको तथ्य फेला परेको छ। कृषि विकास कार्यालय, पशुसेवा कार्यालय र महिला तथा बालबालिका कार्यालयले बजेट सक्नका लागि धादिङको धार्के पुगेका सरकारी अनुगमन टोलीलाई चितवनको होटल सिद्धार्थमा राज गराएर गर्नु नगर्नु गरेको तथ्य बाहिर आएको हो। सुरापान गराएर, सुन्दरीको नाचमा भुलाएर लाखौको कागजी हिसाब किताब दुरुस्त बनाएको पाइएको छ।

यति हुँदा पनि महालेखा नियन्त्रक कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र कसैले यो विषयलाई महत्व दिएको छैन । कति सम्म भने उक्त भोजमा नियमनकारी निकायका प्रतिनिधी समेत सामेल थिए। हुन त असार ३१ गते शनिवारसमेत वैंक खोलेर अर्वको चेक काटिएछ । झम झम पानी परेको बेलामा पनि सडक पीच गराएर, नहर खनेर, बाटो खनेर बजेट खर्च गरिएका खबरहरु सार्वजनिक भइरहेका छन् । आर्थिक अनियमितताको यस्तो लथालिङ्गे चाला भनेकै भ्रष्टाचार र कूशासन हो । तर जसले कारबाही गर्ने सनासो बोकेको छ उनै तरुनिका काखमा बसेपछि केहि हुन् नसक्ने एक कर्मचारीले बताए।

शेरबहादुर देउवाको ३ कार्यकाल भ्रष्टाचारमय भनेर बदनाम थियो, यो चौथो कार्यकाल पनि मन्त्रिमण्डलले पूर्णाकार नपाउँदै भ्रष्टाचारमय बन्न थालेको छ । यो ताल र यस्तो मतिहीन चालले सुशासन कायम हुन नसक्ने प्रशाशन बिज्ञको भनाइ छ । सुशासनका लागि कडा रुपमा आर्थिक अनुशासन कायम हुनैपर्छ । जनताले तिरेको कर हो बजेट भनेको । बजेट फ्रिज हुन नदिन कोही विदेश भ्रमणमा जाने, कोही अनुगमनका नाममा निस्कने र कोही जिल्ला भ्रमण गरेजस्तो गरेर बजेट सक्नु ठाडै भ्रष्टाचार हो । अहिले प्रत्येक मन्त्रालयका गरि तीन सय कर्मचारी बजेट सक्न विदेश शयरमा छन।

अचम्म, कोष तथा लेखा नियन्त्रक, स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका पदाधिकारीहरु अनुगमनका नाममा मूड फ्रेस गर्न गएको हो भनेर स्वीकारोक्ति गरिसकेका छन् । देशको बजेट सुरा, सुन्दरी र रात्रिभोजमा खर्च गरेर मुड ठिक पार्नुपर्ने यिनलाई ? बित्तीय कूशासनको योभन्दा अर्को उदाहरण हुनैसक्दैन । सत्तामा भएका र प्रशासनमा भएका प्रमुखहरुले जे गरे, मातहतका यिनले त्यही सिकेका हुन् । यो सिको भनेको राजस्वको अनियमितता गर्ने कूलत पनि हो ।कृषि विकास, पशुसेवा र महिला तथा बालबालिकाका नाममा छुट्याइएको बजेट सुरा र रात्रिभोजमा खर्च गर्नु भनेको योभन्दा ठूलो भ्रष्टाचार अरु हुनै सक्दैन । त्यसैले तत्काल बजेटको यसप्रकारको दुरुपयोग गर्नेहरुमाथि छानबिन गरेर कारवाही गर्नुपर्छ ताकि यसपछि कुनै पनि कार्यालय, विभाग, मन्त्रालय अथवा आयोजनाहरुमा यस प्रकारको आर्थिक मनपरीतन्त्र रोक्न नसके यसले सस्कारको रुप लिने एक जना पूर्व सचिबले बताए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय