दार्जिलिङको छुट्टै पहिचान भएको तथ्य खुल्यो, गोर्खाल्याण्ड नदिए विश्वमै उत्पात मच्चिने
अमेरिकी नागरिक होपकुपका अनुशार १९६६ मा एक तिब्बेटीयन बुलेटिन पुस्तकमा प्रकाशित लेखका अनुसार बास्तबमा दार्जिलिङ भारतको नभएको खुल्न आएको छ । यो एउटा छुट्टै तिब्बतसंग जोडिएको भु–भाग रहेको उल्लेख छ । तत्कालिन अवस्थामा १२ औं च्योग्याल ग्यालमोकी कुइन अफ कन्सट बनेकी अमेरिकी नागरिक होपकुकले नाग्याल तिब्बेतियोलोजि बुलेटिनमा एउटा लेख प्रकाशन गरि दार्जिलिङ भारतको भु–भाग नभएको खुलासा गरेकी छिन् । यो लेखले भारतिय संचार माध्यममा छुट्टै तरगं पैदा गरेको छ । तत्कालिन अवस्थामा भारतलाई कब्जा गरिरहेको तल्कालिन इष्ट इन्डिया कम्पनिलाई केही समयको लागि भोकाधिकारका लागि दिएकोमा पछी गएर यो भु–भाग भारतले आफ्नो भुमिमा कब्जा गरेको पुस्तकमा प्रकाशित लेखमा उल्लेख छ ।
तिबेतियन रिमपुछे गुरुले केही समयका लागि बस्नको निम्ति अधिकार दिएको तर पुर्ण रुपमा सम्पुर्ण भोकचलन अधिकारको निम्ति नदिएको उल्लेख गरिएको छ । तल्कालिन ति गुरुले पुर्ण रुपमा अधिकार नदिएपनि पछी गुरुको देहन्त पश्चात सो भुमिमा तल्कालिन बृटिस सामराज्यले आफ्नो अधिनमा लिएको पुस्तकमा उल्लेख गरिएको छ । तल्कालिन अवस्थामा यो राज्य कुनै सामराट को अधिनमा नभएको समेत औल्याएका छन् । दार्जिलिङलाई फिर्ता गर्नुपर्ने शर्त राखि दिइएकोमा पछि गएर तल्कालिन इष्ट इन्डिया कम्पनी आफ्नो अधिनमा राख्यो, फिर्ता गरेन । तल्कालिन अवस्थामा यहाँका अधिकार प्राप्त अधिकारीले दार्जिलिङ एरिया कसैको पक्कडमा नरहोस् भन्नको खातिर यो भुमि केही समयको लागि लिइएकोमा पछी भारतले दिल्ली, गंगोत्रिसम्म आफ्नो अधिपत्य जमाएको समेत पुस्तकमा उल्लेख छ ।
तात्कालिन गुरुले केही समय उपभोगको लागि दिएको दार्जिलिङ आखिर ति गुरु रिमपुछेको मृत्यु पश्चात भारतमा विलय हुन गयो । आखिर त्यहाँ बसोबास गरिरहेकी अमेरिकी नागरिक होपकुक तल्कालिन गुरु रिमपुछेको मृत्यु भएपश्चात अमेरिका फर्किएको समेत पुस्तकमा प्रष्टसंग उल्लेख गरिएको देखिन्छ । अहिले आएर भारतले केही समएका लागि उपभोग गर्न दिएको सो भुमिमाथि हस्तक्षेप गर्दै आएको छ । भारतले सिक्किम लिनु पहिले बाटै गोर्खाल्याण्डको माग उठ्न थालेको थियो। त्यसैका आधारमा पनि गोर्खाल्याण्डको माग उपर्युक्त हो भनेर विभिन्न देशमा प्रदर्शन हुन् थालेको छ।