सिटिजन्स बैंकको नाफा एक अर्ब २१ करोड



सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ०१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब आठ करोड तीन लाख रुपैयाँ कमाएको थियो ।

छ अर्ब ९२ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिटिजन्स बैंकले जगेडाकोषमा दुई अर्ब ९२ करोड १६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ११ दशमलव २३ प्रतिशतले वृद्धि गरी ५२ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १८ दशमलव ५१ प्रतिशतले वृद्धि गरी ४८ अर्ब सात करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी आठ दशमलव ०९ प्रतिशतले बढेर एक अर्ब ७५ करोड तीन लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा १२ दशमलव ६२ प्रतिशतले बढेर एक अर्ब २४ करोड ९५ लाख रुपैयाँ कमाएको छ । बैंकको प्रोभिजमा ३१ करोड ३४ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ९० करोड १३ लाख रुपैयाँ उठाएको छ ।

सिटिजन्स बैंकको पूँजीकोषको अनुपात १६ दशमलव ९१ प्रतिशत, निष्कृय कर्जा १ दशमलव २८ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक १७ दशमलव ४८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३६ दशमलव ५१४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ०५ गुणा र तरलता अनुपात २२ दशमलव ८७ प्रतिशत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

    चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने

लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य

    सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । लगातार आठौं

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री