सिटिजन्स बैंकको नाफा एक अर्ब २१ करोड



हाम्रो इकोनोमि

सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ०१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब आठ करोड तीन लाख रुपैयाँ कमाएको थियो ।

छ अर्ब ९२ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिटिजन्स बैंकले जगेडाकोषमा दुई अर्ब ९२ करोड १६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ११ दशमलव २३ प्रतिशतले वृद्धि गरी ५२ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १८ दशमलव ५१ प्रतिशतले वृद्धि गरी ४८ अर्ब सात करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी आठ दशमलव ०९ प्रतिशतले बढेर एक अर्ब ७५ करोड तीन लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा १२ दशमलव ६२ प्रतिशतले बढेर एक अर्ब २४ करोड ९५ लाख रुपैयाँ कमाएको छ । बैंकको प्रोभिजमा ३१ करोड ३४ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ९० करोड १३ लाख रुपैयाँ उठाएको छ ।

सिटिजन्स बैंकको पूँजीकोषको अनुपात १६ दशमलव ९१ प्रतिशत, निष्कृय कर्जा १ दशमलव २८ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक १७ दशमलव ४८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३६ दशमलव ५१४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ०५ गुणा र तरलता अनुपात २२ दशमलव ८७ प्रतिशत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...