मुलुकको ढुकुटीको चाबी राणाका ज्वाईको खल्तीमा,राजपालाई किस्तीमा राखेर किन दिदैछन् दशौ करोड?



जहानिया राणा शासनको अन्त्य भएको एक युग बितिसकेको छ।र,पनि राणा शासनलाई झल्को दिने प्रकारका गतिबिधी गणतन्त्र नेपालमा पनि बिध्यमान छ।अझ अहिले त तिनै राणाका ज्वाइको हातमा नेपालको ढुकुटीको ताला चाबी छ। हो तिनैले राजपा नेपाल नाम गरेको पार्टीलाई दशौ करोड दिने तयारी गरिरहेको छ। मधेश आन्दोलनमा घाइते भएका,मरेका र अन्य शिर्षकमा हानी नोक्सानी भएको भन्दै दशौ करोड दिन लगिएको छ। राज्य बाट उक्त रकम पाए राजपा असोज २ गते हुने २ नम्बर प्रदेशका ८ जिल्लको स्थानीय तहको चुनाबमा भाग लिदैछ र आज बस्ने बैठाले राजपाले सो निर्णय गर्ने राजपाको उच्च श्रोतले बताएको छ।

राजपालाई त्यसरी पैसा दिन माओबादीका अध्यक्ष सहित प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमंत्री ज्ञानेन्द्र बहादुर कार्की राजी भएको श्रोतको भनाइ छ। ज्ञानेन्द्र र शेर बहादुर राणाका ज्वाई हुन्। प्रधानमन्त्री देउवाकी पत्नी आरजु देउवा र मन्त्री कार्कीकी स्व श्रीमती नातामा दिदीबहिनी पर्ने समाचार सूत्रले बताएको छ । यी दुबै दिदीबहिनीको हजूरबुवा दाजुभाइ भएको र जुद्धशम्शेरको सन्तान भएको जानकारहरुको भनाइ छ।कार्कीकी श्रीमती गत बर्ष बितेकी हुन्। राणाकी छोरी संग कार्कीको दोश्रो बिबाह भएको हो। भोजपुर घर भएका अर्थमन्त्री कार्की चुनावमा हारे पनि साढु दाइ देउवाकै कारण केन्द्रीय सदस्य र मन्त्री बन्न सफल भएको कांग्रेस संसदीय दलमा चर्चा हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको