वन्यजन्तुको आक्रमणबाट चौध जनाको मृत्यु



चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

जंगली जनावरको आक्रमणबाट गत आर्थिक वर्षमा यस क्षेत्रमा १४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये सबैभन्दा बढी गैँडाको आक्रमणबाट सातजना, हात्तीको आक्रमणबाट पाँचजना र बाघको आक्रमणबाट दुई जनाले ज्यान गुमाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० जना घाइते भएका छन् । गैँंडा, हात्ती, बाघ, बँदेल, गोहीलगायत जनावरले उनीहरुलाई आक्रमण गरेको थियो ।

यसैगरी उक्त अवधिमा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न र दिसापिसाब गर्न जाँदा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । साँझ घरबाट बाहिर जाँदा बाटोमा दुई जना र खेतबारीमा काम गर्न जाँदा दुई जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको जनाएको छ ।

हात्ती प्रजनन् केन्द्रमा जंगली हात्तीको आक्रमणबाट एक भारतीय पर्यटकको मृत्यु भएको थियो । घरमै बसिरहेको बेला पनि जंगली जनावरले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको छ । यो तथ्याँकलाई हेर्दा मानवीय त्रुटीका कारणले धेरैको ज्यान गएको देखिन्छ ।

आर्थिक वर्ष २०७२÷७३ मा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकालाई रु पाँच लाख क्षतिपूर्ति र घाइते भएकालाई रु एक लाख सम्म उपचार खर्च दिने व्यवस्था निकुञ्जको छ । दुबै क्षतिपूर्ति रकमलाई अहिले दोब्बर बनाइएको छ ।

गत आर्थिक वर्षमा क्षतिपूर्तिवापत निकुञ्जले रु ९४ लाख २२ हजार ३१ रकम वितरण गरेको थियो । गत आर्थिक वर्षमा वन्यजन्तुले ९४ परिवारको घरपालुवा जनावर मारेर क्षति पु¥याएको थियो भने ३२० परिवारको अन्नबाली नष्ट गरेको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले अनधिकृत रुपमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्रवेश गरेकै कारण धेरै जनधनको क्षति वन्यजन्तुबाट भएको बताउनुभयो । जथाभावी रुपमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्रवेश नगरेमा र सावधानी अपनाउन सकेमा यस्ता दुर्घटना न्यून हुने पनि उहाँले बताउनुभयो ।

९५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र ७३० वर्गकिलोमिटरमा फैलिएका छन् । जहाँ करिब तीन लाख जनसंख्या बसोवास गर्दछन् । उनीहरु घाँस, दाउरालगायत वनपैदावारका लागि मध्यवर्ती क्षेत्रमा आश्रित छन् ।

पछिल्लो समय दुर्लभ वन्यजन्तुको संख्या बढ्दै गएकाले पनि मानवीय क्षतिका घटना बढेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि