आरजुको सत्तरी लाख चप्काएका कमल थापाले अरुको ४ करोड पनि पचाए



राप्रपाका अध्यक्ष कमल थापाले पार्टीलाई मनोमानी ढंगले चलाएको आरोप लागिरहेकै बेला थप अर्को आरोपले पिरोलेको छ। तत्कालीन राप्रपा नेपालका कोषाध्यक्ष एवम् हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले पार्टी केन्द्रीय कार्यालय बनाउँदा २ करोड ५९ लाख खर्च गरेको र त्यो रकम थापाले नदिएको आरोप लगाएका छन ।आफूले हालसम्म ३० लाख मात्रै भुक्तानी पाएको उनको भनाइ छ। थापासँगको सहमतिमा महालक्ष्मी फाइनान्सबाट ऋण लिएको बताउदै दिलबिकाशले भने ऋणको साँवा र व्याज आफै तिर्दै आएको छु,बाँकी पैसा दिने कुरै गर्दैनन् । २०७० सालको संविधानसभा निवार्चनमा पार्टीले आफू र आफ्ना साथीहरूसँग लिएको एक करोड त्रिपन्न लाख पनि फिर्ता नभएको र त्यो पैसाको कुरा गर्दा थापाले सुन्ने नचाहेको उनको भनाइ छ। राप्रपा नेपालमा दिल बिकाश कोषाध्यक्ष थिए,तर थापा संग बेमेल भए पछी उनलाई उक्त पद बाट अध्यक्ष थापाले हटाएका थिए।

राजभण्डारीले हालसम्मको हिसावमा चार करोड छ लाख कमल थापासँग लिन बाँकी रहेको बताएका छन। केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका बेला राजभण्डारीले उक्त हिसाब सहितको पत्र केन्द्रीय सदस्यहरूलाई वितरण गरेका थिए। आफु सहित पुरुषोत्तम शाहीले पचास लाख, कमला शर्माले २३ लाख र आफूले ८० लाख ऋण स्वरुप तत्कालीन राप्रपा नेपाललाई दिएको भए पनि सो रकम कहाँ गयो भन्ने पत्तो नभएको भन्दै आफुले पाउनु पर्ने पैसा तल्काल फिर्ता गर्न उनले जोड दार माग राखेका छन। उनले पार्टीका लागी ५० लाखको गाडी समेत किनिदिएका छन।

कमल थापाले दिलबिकाशको मात्र नभएर आरजु थापाको पनि सत्तरी लाख फिर्ता गरेका छैनन्।७० सालको चुनाबका बेला ऋण मागेका थापालाई नगद ५० लाख र पार्टीका दस्ताबेज,पर्चा छपाईमा लागेको रकम गरेर कमल थापाले ७० लाख फिर्ता नगरेको आरजुको भनाइ छ।आरजुको मैतिदेबीमा आफ्नै प्रेस छ।कमल थापाले सभासद बनाउछु भनेर पैसा धुत्ने काम मात्र गरेको, सभासद पनि नबनाएको र पैसा पनि फिर्ता माग्दा नदिए पछी उनले पार्टी परित्याग गरेर पुरानो शक्ती नेपाल नामको पार्टीमा सक्रिय बन्न थालेकी छिन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय