गोर्खाल्याण्डको समर्थन गर्दै बंगालका कविले मोदीलाई कबिता मार्फत दिए कडा दनक



गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्दै कबि स्वामीहरु पनि यतिबेला गर्जिन थालेका छन् ।गोर्खाल्याण्डका लागि त्यहाका ढुंगा र माटो समेत आन्दोलित भई रहदा एक जना स्वामीले भारतीय प्रधानमन्त्री लाई लक्षित गरि दमदार कविता लेखेका छन। उक्त कवितामा उनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तर स्वदेश भित्र उर्लिएको आगो निभाउन असक्षम भनेर टिप्पणी गरेका छन। फैलेर बस्नेछु म नाम को कवितामा कनकधारा स्वामी स्वदेशानन्दले मोदी र नेपालका मधेशी दलका नेतालाई गतिलो झापड दिएका हुन। ओज पूर्ण कविता पढ्नुहोस।

फैलेर बस्नेछु म…..
(शार्दूलविक्रीडित छन्द)
……….. …………… ….
अन्धा शासक मात्र छन् मुलुकमा को देख्छ आन्दोलन!
मन्त्री मात्र सबै भए कि बहिरा सुन्दैन कोही किन?
मेरा बाउ! मधेशको विषयमा चिच्याउनेगर्दछौ?
पाकिस्तान र चीनको विषयमा उत्पात मच्चाउँछौ।

पाकिस्तान बलूचका जनहरू मार्दैछ जैले भनी,
जानोस् विश्व भनेर गर्जिरहँदै बोल्नेगरेका तिमी।
आफ्नै शासनमा मरे कति मरे वास्ता नगर्ने तिमी।
दार्जीलिङ्-तिर मर्छ मानव जगत् हाँसेर बस्ने तिमी।

ठूलो राष्ट्र अमेरिकातिर पुगी ठूला कुरा गर्दछौ,
आफ्नै भारतमा विभेद कति छन् भन्ने कुरा बुझ्दछौ?
आफ्नै छन् घरमा विभेद बहुधा नेपाल पस्छौ किन?
मेरा बाउ! पृथक् प्रदेश दिनुहोस् पार्थक्य चाहन्छु म।

भाषा भाषिकमा विभेद छ भनी त्यो पाक तोड्ने तिमी!
उर्दूमा अनि बङ्गमा विविधता दर्शाइराख्ने तिमी।
गोर्खामाथि विभेद बङ्गजनको देख्दै नदेख्ने तिमी,
अर्काका घरमा लडाइँ,झगडा थोप्ने र हेर्ने तिमी!

ती जम्मै हरुवा मधेशतिरका नेपाल तोड्नेकन,
दिल्ली डाकिरहेर बात गरियो कस्तो प्रथा देख्छु म।
अर्काको घर तोड्न खप्पिसहरू बोकेर हिँड्ने तिमी,
दार्जीलिङ्-तिर भेदभाव हुनगो बोल्दै नबोल्ने तिमी।

यस्तै चाल भए कुनै समयमा विद्रोह फैलिन्छ है,
बोल्दैनौ जब देशको विषयमा विद्वेष जन्मिन्छ है।
आफ्नै राज्य र देशको विषयमा गर्ने कि सम्बोधन!
गोर्खा राज्य बनाउँदै मुलुकको गर्ने कि संरक्षण!

गोर्खाको अधिकारको विषयमा केही नबोल्ने तिमी!
गोर्खाको सपना भनेर कसरी बोल्दैथियौ रे तिमी!
गोर्खाको अनि संसदीय दलको संवाद होस् देशमा,
गोर्खाली अधिकारको विषयमा देखिन्न संवेदना।

गोर्खा जाति विदेशको जन भनी हेप्नेगरेको भए,
गोर्खा जाति निरीह हैन जगमा भन्नेगरेको छु है।
गोर्खाभूमि तुरुन्त वापिस दिनोस् भन्नेभएको छु म,
रावी औ सुनकोशको सतहमा फैलेर बस्नेछु म।
………………….. ….. …………….
रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द

समयः दिउँसो १४ बजेर ४५ मिनेट जाँदा
स्थानः सिलगढ़ी, हाल बंगाल, भारत

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय