साताको अन्तिम दिन १.६३ अंकले घटेर बन्द भयो सेयर बजार



हाम्रो इकोनोमि

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १.६३ अंकले घटेर १६३५.७५ अंकमा ओर्लिएर बन्द भएको छ। दिनभरीमा १५५ कम्पनीको ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कुल १७ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको हो।

बैंकिङ, होटल, विकास बैंक र जलविद्युत् समूहले सेयर बजार घटाएका हुन् । यी समूहहरु क्रमशः ५.४४, १६.४४, ३.८९ र ११.३१ अंकले घटेका छन् । फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य भने क्रमशः १.२८, ७७.४, १३.४७ र ०.५८ अंकले बढेका छन् ।

आज सबैभन्दा बढि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको छ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। उपसूचक मिस्रित देखिएका छन्। आठ समुहको कारोबार भएकोमा चार समुहको बढेको छ भने चार समुहमा गिरावट देखिएको छ।

आज सबैभन्दा बढी हाम्रो बिकास बैंकका शेयरधनीले कमाएका छन्। बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाएका हुन्। सबैभन्दा बढि सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...