२ नम्बर प्रदेश कब्जा गर्न राजधानीमा कांग्रेसको भेला,केन्द्रिय समितीको बैठक किन सर्यो



नेपाली कांग्रेसको दुई नम्बर प्रदेशको भेला काठमाडौंमा सुरु भएको छ । भिमसेन गोलास्थित आनन्द पाटी प्यालेसमा भेला सुरु भएहो हो ।
भेलामा दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, क्षेत्रीय सभापतिहरु उपस्थित रहेका छन् । स्थानीय निकायको तेस्रो चरणको निर्वाचन हुन बाँकी दुई नम्बर प्रदेशका बारेमा छलफल सुरु भएको सांसद रामकृष्ण यादवले बताए ।
यादवका अनुसार संविधान संशोधनसहितका विषयमा भेलामा छलफल हुनेछ ।

यता साउन ९ गते हुने भनिएको कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । पार्टी कार्यालयले एक विज्ञप्ती जारी गरी साउन ७ गते नै पार्टी कार्यालयमा बैठक बस्ने जनाएको छ।
यसैबिच, भेलालाई सम्बोधन गर्दै कांग्रेस प्रभावशाली नेता विमलेन्द्र निधिले दुई नम्बर प्रदेशको चुनाव कांग्रेसको लागि प्रतिष्ठाको विषय भएको बताए । उनले अघिल्लो चरणको चुनाव पार्टीभित्रकै गुट उपगुटका कारण तथा अन्य प्राविधिक कारणले हारिएको उल्लेख गर्दै तेस्रो चरणको निर्वाचनबाट पहिलो बन्ने दाबी गरे ।

उनले भने, ‘हाम्रै कारणले पहिलेको चुनावमा हारिएको हो । तेस्रो चरणमा अघिको क्षतिपूर्ति असुल गर्ने गरी पार्टी अघि अगाडी बढ्छ ।’ १२७ स्थानीय तह भएको दुई नम्बर प्रदेशसँग कांग्रेसको सम्बन्ध प्रगाढ रहेको दाबी गर्दै निधिले पार्टीले १०० सिट जित्ने दाबी गरे ।
उनले मधेसमा कांग्रेसको प्रतिस्पर्धा मधेसी दलसँग नभई एमालेसँग हुने बताउँदै पार्टीले गरेको विभिन्न सर्वेक्षणमा एमाले कमजोर देखिएको दाबी गरे ।

उनले भने, ‘सप्तरीदेखि धनुषासम्म ९६ ओटा तह रहेको छ । हामीले स्याम्पलिङ गर्दा एमालेले १९ मात्रै जितेको छ । यो हाम्रा लागि सुखद पक्ष हो ।’
उनले संशोधन प्रस्ताव पारित गराउन सरकार तयार रहेको भन्दै मधेसी दल (राजपा) पनि असोज २ को चुनावमा सहभागि हुने विश्वास व्यक्त गरे ।
उनले नेता कार्यकर्तालाई गुट उपगुटमा नरुमल्लिई प्रभावकारी नतिजा ल्याउने गरी लागिपर्न आग्रह गर्दै त्यसका लागि पार्टीले आवश्यक सबै सहयोग गर्ने बताए । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवं केन्द्रीय पदाधिकारीको उपस्थितमा भेला भएको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय