जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित



हाम्रो इकोनोमि

एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट बालकल्याण माध्यमिक विद्यालय, लिवाङ र निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय मावि, मौलाबोट रांकोट नमूना विद्यालय घोषणा भएको जिल्ला शिक्षा कार्यालय, रोल्पाले जानकारी दिएको छ ।

शिक्षा विभागले आह्वान गरेको सूचनाअनुसार नमूना विद्यालयका लागि आवेदन दिएका विद्यालयमध्ये प्रतिस्पर्धाको आधारमा ती विद्यालय छनोट भएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो ।

छनोट भएका विद्यालयले शिक्षा विभागसँगको समन्वयमा १५ वर्षे रणनीतिक योजना तयार गरी विद्यालयको आर्थिक, भौतिक, व्यवस्थापकीयलगायत समग्र क्षेत्रको विकास गर्ने जिल्ला शिक्षा अधिकारी पौडेलले बताउनुभयो ।

समग्र सिकाइ उपलब्धिमा सुधार गर्ने अपेक्षासहित नमूना विद्यालय अवधारणा ल्याइएको बताइएको छ । नमूना विद्यालयका लागि निर्धारत गरिएका सम्पूर्ण शर्तहरु आफ्नो विद्यालयले पूरा गरेका कारण शिक्षा विभागको स्थलगत अनुगमन टोलीले नमूनाका लागि सिफारिश गरेको बालकल्याण माध्यमिक विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले प्रतिक्रिया दिनुभयो ।

१५ वर्षे रणनीतिक योजना बनाई कार्यान्वयन गर्दै विद्यालयलाई सर्वाङ्गीण विकास गरी जिल्लाका अन्य विद्यालयले समेत अनुकरण गर्ने गरी काम गर्ने पोख्रेलले बताउनुभयो ।

नमूना विद्यालयको प्रारम्भिक कामका लागि शिक्षा विभागले छनोट भएका विद्यालयलाई रु २८ लाख ५० हजारका दरले रकम समेत पठाइसकेको जिल्ला शिक्षा कार्यालय, रोल्पाले जानकारी दिएको छ ।

रोल्पा जिल्लामा ७६ माध्यमिक र ३६१ आधारभूतसहित ४३७ विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...