संविधान संशोधनबाहेक सबै माग पूरा गर्न सरकार प्रतिबद्ध



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम संविधान संशोधन प्रस्ताव तत्काल पारित हुने अवस्था नरहेकाले त्यस बाहेकका अन्य माग पूरा गर्ने सरकारले प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपा नेपालका शीर्ष नेताको बैठक संविधान संशोधनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भए पनि ठोस निष्कर्षमा पुग्न सकेन ।

बैठकमा सत्ता पक्षले आवश्यक दुई तिहाई बहुमतको अभावमा तत्काल संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेपनि यसबारे छलफल जारी राख्ने राजपा नेपाललाई जानकारी गराएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले संशोधन बाहेक मधेसका आन्दोलनकारीका मुद्दा फिर्ता लिने, सख्त घाइते तथा गम्भीर अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाहको प्रबन्ध गर्ने, स्थानीय तहको सङ्ख्या थप गर्न आदि माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

बैठकपछि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार आफ्ना माग सम्बोधन गर्न सकारात्मक देखिए पनि परिणाम नदेखिएको बताउनुभयो । संविधान संशोधनका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउन नसकेको भन्दै उहाँले यथास्थितिमा निर्वाचनमा जाने बारेमा सोच्न नसकिने बताउनुभयो । प्रदेश नं– २ को स्थानीय तहको निर्वाचन आगामी असोज २ गतेका लागि तय भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्ष ठाकुरलगायत नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...