सरकारले राजपालाई दिने भयो करोडौ दाम,राज्यको ढुकुटीमा गिद्दे नजर लगाउने को-को हुन् हराम



सत्तारुढ दल कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । बैठकले संविधान संशोधनबाहेकका राजपाका सबै मागहरु एक दुई दिनभित्रै पूरा गर्ने सहमति गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका सत्तारुढ कांग्रेस र माओवादीले राजपासँग संविधान संशोधनबारे छलफल गर्न र राजपाको राय बुझेर सरकार बिस्तार गर्ने तयारीमा रहे अनुरुप बैठक बसेको हो।

राजपाका नेताहरुले आफूहरु चुनावमा जान तयार रहेको तर यो बीचमा सरकारले गर्न सक्ने सबै कामहरु पूरा गर्नुपर्ने अडान लिएका थिए । जसअनुसार राजपाका बन्दी कार्यकर्ताहरु रिहाई, मुद्दा फिर्ता, सहिद घोषणा, क्षतिपूर्ति र घाईतेहरुको उपचार लगायतका राजनीतिक मागहरु मन्त्रिपरिषदबाट पुरा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले वचन दिएको बैठकमा सहभागी नेताले बताए। क्षतिपूर्ति र घाईतेहरुको उपचार लगायतका शिर्षकमा राजपालाइ एकमुस्ट करोडौ रुपैया दिन सत्ताधारी राजी भएपछी राजपाका नेता खुसी भएका हुन्।मंत्रीपरिषद बाट माग पुरा गराउने भनेकै आर्थिक चलखेल हो,संबिधान संसोधन लाइ बटम लाइन बनाएको राजपाले बन्दी कार्यकर्ताहरु रिहाई, मुद्दा फिर्ता, सहिद घोषणा, क्षतिपूर्ति र घाईतेहरुको उपचार लगायतका शिर्षकमा राज्यबाट पैसा पाउने भए पछि संसोधनलाइ माया मारेको हो।संसोधन बिनै अब राजपा चुनाबमा जाने भएको पनि छ।

राजपा संगको बैठक पछी आजै देउवाले सरकार बिस्तार गर्ने बुझिएको छ।
राजपा यदि संशोधन होल्ड गर्ने सहमति भए तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । संविधान संशोधन विधेयकका पक्षमा अझै दुई तिहाई पुगेको छैन । अहिले नै सरकार विस्तार गर्दा साना दलहरु असन्तुष्ट हुने र संशोधनको विपक्षमा जान सक्ने सरकारको विश्लेषण छ । त्यसले गर्दा पनि सरकार बिस्तारमा ढिलाई भएको हो।

राज्यको ढुकुटी दामासाहीले वितरण गर्ने निर्णय गरेको बैठकमा राजपा अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र अनिलकुमार झा सहभागी छ भने कांग्रेस माओबादीका उच्च तहका नेता सहभागी थिए ।बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहान्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय विमलेन्द्र निधि र डा.रामशरण महत, माओवादी बाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय