गोर्खाज फाइनान्सको लिलामी सेयर आउँदै



हाम्रो इकोनोमि

गोर्खाज फाइनान्सले हकप्रदमा नबिकेको १० लाख ५५ हजार १९८ कित्ता सेयर साउन १० गतेदेखि लिलामीमा ल्याउने भएको छ । संस्थापक समूहको ९ लाख ७९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ३९६ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकेर निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतममा राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न तोकेको संख्या भित्र आवेदन दिन सक्नेछन् । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने साउन १९ गतेसम्म तोकिएको छ ।

यो लिलामीमा बिक्री प्रबन्धक एनआइीबएल क्यापिटल मार्केट लाजिम्पाट काठमाडौंमा पुग्नेगरी आवेदन फारम बुझाउनुपर्नेछ । दुबै समुहको बोलपत्र साउन २० गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...