अनेरास्ववियुद्वारा बाढीपीडितलाई सहयोग



हाम्रो इकोनोमि

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) ले रामेछापस्थित लिखु गाउँपालिकाका–१ खिम्तिका बाढी प्रभावितलाई राहत सहयोग उपलब्ध गराएको जनाएको छ ।

संगठनले खाद्य सामग्री, ब्लाङ्केट, टेन्ट तथा प्राथमिक स्वास्थ्य उपचार सामग्रीलगायत संकलन गरी घटनास्थलमा पुगेर उनीहरुलाई सहयोग गरेको हो ।

पीडितलाई सहयोग उपलब्ध गराउने उद्देश्यले अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा मङ्गगलबार त्यसतर्फ गएको एक टोली राहत बाँडेर सोही दिन साँझ काठमाडौँ फर्केको थियो ।

गत शनिबार गएको बाढीपहिरोबाट त्यस क्षेत्रका स्थानीयवासी प्रभावित भई दुःख कष्ट भोग्नुपरेको, खुल्ला आकाशमुनि सुत्नु परेको खबर आएपछि अनेरास्ववियुले पीडितलाई राहत वितरण गर्न विभिन्न स्रोत परिचालन गरी सामग्रीको व्यवस्थापन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष लामाले दैवी प्रकोपका कारण गाँस र बास गुमाउन बाध्य भएका नेपालीलाई मानवीय सहयोग उपलब्ध गराएको जनकारी दिनुभयो ।

मुलुकमा संविधान निर्माण, संविधान जारी तथा संविधान कार्यान्वयनमा रचनात्मक सहयोग गर्दै आएको संगठनले विद्यार्थी आन्दोलनका साथै महँगी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरणका लागि विशेष दबाबमूलक कार्य गर्दै आएको छ ।

यसअघि सो संगठन तथा युवा संघलगायतले सप्तरीको तिलाठीको दैवी प्रकोपमा पनि राहत उपलब्ध गराएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताउनुभयो ।

रामेछापमा भएको घटनामा पाँचजनाको मृत्यु तथा २५ घरपरिवार प्रभावित रहेको संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...