बालुवाटारमा राजपाका नेता संग लत्रिदै कांग्रेस-माओबादी,हुँदा हुँदा राजपाले बोक्यो क्याबिनेटको चाबी



प्रमुख सत्ताधारी दल र राष्ट्रिय जनता पार्टीबीच प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक निकाशका लागी बैठक सुरु भएको छ । बैठकमा राजपा अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र अनिलकुमार झा सहभागी छ भने कांग्रेस माओबादीका उच्च तहका नेता सहभागी छन् ।बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेतार रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहान्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय विमलेन्द्र निधि र डा.रामशरण महत, माओवादी बाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

आजको बैठकमा पनि राजपाले संविधान संशोधन नगरी असोज २ गते हुने २ नम्बर प्रदेशको निर्वाचनमा जान अप्ठेरो हुने पार्टी धारणा राख्ने छन ।स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागिता जनाउन राजपाले संविधान संशोधनको प्रक्रिया टुंगोमा पुरयाउन माग गर्दै आएको छ ।

कांग्रेस र माओवादी केन्द्रबीचले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेपछि राजपासँग बैठक गरेको हो । यदि प्रक्रिया अघि बढाएर मतदानमाफर्त संशोधन प्रस्तावको टुंगो लागे वा नलागे पनि तेस्रो चरणको निर्वाचनमा जान राजपा सहमत हुने भए आज हुने भनिएको मन्त्रिपरिषद् दुई–चार दिनलाई पछि सार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमती जनाएको राजपाका एक नेताले बताए । आज मन्त्रिपरिषद् बिस्तार हुने नहुने राजपाको निर्णयमा भर पर्ने भएको छ।

संशोधन प्रस्तावमा दुई तिहाइ मत नजुटेसम्म प्रस्ताव प्रक्रियामा नलैजाने निष्कर्षमा सरकार पुगेको छ ।तर त्यसलाई अगाडी बढाउन राजपाले तारन्तार दवाब दिईरहेको छ । उता एमालेले तीनवटै निर्वाचनअघि संशोधन प्रस्तावमा सहयोग गर्न नसक्ने बताउँदै आएको छ ।यी सबै तालमेल मिलाउन नसक्दा सरकार थप समस्यामा छ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय