६ मधेशी दल लाई निर्वाचन आयोगको डण्डा,राजपाले पाएन छाता सहितको झण्डा



राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भए संगै आयोगले तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी खारेज गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको गत असार ३० गते उक्त निर्णय गरि राजपा नेपाल दर्ता गरेको हो। वैशाख ७ गते ती दलहरु मिलेर ‘राष्ट्रिय जनता पार्टी नेपाल’ (राजपा) गठन गरेका थिए।

 

राजपाले माग गरे बमोजिमको चुनाव चिन्ह नदिएको आयोगले प्रष्ट परेको छ। यसअघि भिन्नाभिन्नै दलको हैसियतमा पाएका ती मधेशवादी दलका चुनाव चिन्ह भने राजपा बाहेक अन्य दललाई एक वर्षसम्म प्रदान नगर्ने गरी आयोगले बन्देज लगाएको छ ।
त्यस्तै राजपाले पेश गरेको विधानलाई (चुनाव चिन्ह बाहेक) प्रमाणीकरण गरेको आयोगले जनाएको छ । साथै राजपाका केन्द्रीय समितिका सदस्यहरुको नामावली आयोगमा रहेका राजनीतिक दल दर्ता किताबमा अभिलेखीकरण गरेको पनि आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।अब राजपा संग
एकीकरण अघि रहेका कुनै दलको चुनाव चिन्ह लिनु वा स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव जानुको अर्को विकल्प छैन।

प्रतिक्रिया दिनुहोस
२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ