सरकारले करको आधार विस्तार र कर प्रणालीमा सुधार गर्ने



हाम्रो इकोनोमि

सरकारले करको आधार विस्तार र कर प्रणालीमा सुधारको प्रतिबद्धता व्यक्त गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन कुनै कसर नराख्ने बताएको छ ।

अघिल्लो आर्थिक वर्षमा सरकारले संकलन गरेको राजस्व तथा अर्थमन्त्रालयका कामकारबाहीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउन मन्त्रालय लागिपरेको बताउनुभयो ।

“विकट भेगका जनतालाई अनुभूत हुने गरी सेवा सुविधा प्रदान गर्न हामी कटिबद्ध छौँ, त्यसमा समाजका सबै वर्ग र सञ्चारकर्मीको सक्रिय सहयोग एवम् सहयोगको अपेक्षा सरकारले गरेको छ,” अर्थमन्त्री कार्कीले भन्नुभयो । साथै उहाँले राजस्व चुहावट नियन्त्रण गर्न पनि सरकार उत्तिकै सजग र गम्भीर रहेको बताउनुभयो ।

चालु आवमा रु सात खर्ब ३० अर्ब पाँच करोड ५५ लाख राजस्व संकलनको लक्ष्य मन्त्रालयले निर्धारण गरेको जानकारी दिँदै उहाँले गत आवमा रु छ खर्ब ११ अर्ब ७६ करोड ७८ लाख ९६ हजार संकलन भएको बताउनुभयो ।

करको दायरा विस्तार, कर परिपालनमा स्तर अभिवृद्धि, राजस्व प्रशासनमा प्रविधि उन्मुख सेवाको विकास, चुहावट नियन्त्रण र प्रशासकीय सुधारका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उहाँको भनाइ थियो ।

करदाता विस्तार, ६.९ प्रतिशतको आर्थिक वृद्धिले सिर्जना गरेको अनुकूल आर्थिक गतिविधि, पुनःनिर्माणका क्रियाकलापमा भएको लगानी विस्तार, भन्सार बिन्दुहरुमा शुरु भएको करसम्बन्धी नयाँ प्रणाली, कर अनुसन्धानलगायत कारणले राजस्व संकलनमा सफलता प्राप्त भएको उहाँले बताउनुभयो ।

पूँजीगत खर्च वृद्धिलाई सरकारले विशेष जोड दिएको बताउँदै मन्त्री कार्कीले उच्चस्तरीय कर प्रणाली पुनरवलोकन आयोगले प्रस्तुत गरेका सुझाव कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...