कसले भेला पारेर देउवालाई पुर्यायो सिदा,बढुवामा नपरे पछी डीआइजीले लिए बिदा



साउने भेलझैँ र सोहि रफ्तारमा नेपाल प्रहरीका विभिन्न तहका अधिकृतको बढुवा भए संगै त्यसले यतिबेला नया तरङ्ग ल्याएको छ। नेताको चाकडी गरेर प्रहरीमा बढुवा हुने सस्कार बढेको भन्दै त्यसलाई आफुले ठेगान लगाउने बताएका गृहमन्त्री स्वयम् चुकेको चर्चाले सिंगो प्रहरी संगठन रन्किएको छ।

बढुवामा राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्ने परम्परा जनार्दनका पालामा पनि रोकिएन। राम्रा काम गर्ने व्यवसायिक प्रहरीलाई पछि पार्दै चाकडी र चाप्लुसीलाई बढुवा सूचीको अग्रस्थानमा राखेपछि संगठन भित्र असन्तुष्टी चुलिदै गएको छ। त्यति मात्र नभएर पूर्वप्रहरी प्रमुख हाबी भएको चर्चा पनि उत्तिकै छ। पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको गुटमा रहेका प्रहरी अधिकृतलाई बढुवा सूचीको अग्रस्थानमा राखिएको फेला परेपछि असन्तुष्टी बढेको छ। पूर्व आईजीपीसहितको समूहले प्रहरी संगठनमा आफ्नालाई उच्च पदमा पुर्याएर दुनो गाई बनाउने योजनामा रहेका छन् । यो कम्पनीमा पूर्व आईजी अर्याल, पूर्व एआईजी नवराज ढकाल र विवादित ठेकेदार दीपक भट्ट लगायत छन् । संगठनको सबै सूचना भने यो कम्पनीलाई वर्तमान आईजी प्रकाश अर्याल र डीएसपी भूपेन्द्र खत्रीले दिँदै आएको चर्चाले प्रहरी मुख्यालय तातेको छ ।

बढुवादेखि सरुवाको लिस्ट समेत सोही समूहले बनाउँदै आएको स्रोतको दाबी छ । गत आईतबार गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय बाहिर उच्च अधिकृतहरुले प्रोपोगान्डा शाखाहरु सञ्चालन गरिरहेको दाबी गरेका थिए । उनले त्यस्ता शाखाहरु तत्काल बन्द गर्न निर्देशन समेत दिएका थिए ।

एआईजी, डीआईजी र एसएसपीको बढुवामा नियतवश कसैलाई अन्याय नगरिएको बताउँदै उनले बढुवा सिफारिस गर्दा कतिपय मर्कामा परेको आफूलाई जानकारी भएको बताए । विशेष गरी प्रहरी ११ जना डिआईजीलाई एआईजीका लागि सिफारिस गर्दा ११ जना मध्ये ६ जना सुदुरपश्चिमका परेपछि राजनीति क्षेत्रमा समेत असन्तुष्टि बढेको हो ।

बढुवामा सात नम्बरमा रहेका डिआईजी मधु पुडासैनी, १२ नम्बरमा रहेका पंकज श्रेष्ठ, १३ नम्बरमा रहेका माधव नेपाल एआईजी बढुवामा छुटेका छन् । तर सुदुरपश्चिमका भएका कराण १८ नम्ब्रमा रहेका डिआईजी विजय भट्ट भने एआईजी बढुवा सिफारिसमा परेका छन् । भट्टलाई दुई साता अगाडि एक महिला प्रहरी निरीक्षकलाई अपशब्द प्रयोग गरेको भन्दै विभिन्न निकायमा उजुरी समेत परेको थियो ।

बढुवाका लागि सिफारिस भएका ११ जना डिआईजी मध्ये जयबहादुर चन्द, माधव जोशी, रणबहादुर चन्द, कमल सिंह बम र विजय भट्ट सुदुरपश्चिमका हुन् । प्रहरी संगठनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बढुवामा क्षेत्रियता हेरेको भन्दै असन्तुष्टी बढेको छ ।
कार्यक्षमतामा कुशल देखिएका माधव नेपाल बढुवा नपर्दा संगठनभित्र असनतुष्टि देखिएको स्रोतको दाबी छ । बढुवामा नपरे पछी नेपाल बिदामा बसेका छन।
उता डिएसपी देखि डिआईजी बढुवासम्मको सूचीमा अर्याल कम्पनी हावी भएको छ । डिआईजी बढुवामा सर्वेन्द्र खनाललाई रोक्न नसके पनि अर्याल कम्पनीले पुस्कर कार्कीलाई अगाडि ल्याउन सफल भएको छ । एसएसपी बढुवामै छुटेका कार्की तीन नम्बरमा बढुवा भएपछि उनकै व्याजीहरु आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय