३४ अंकले बढ्यो नेप्से, १ अर्ब माथिको सेयर कारोबार



हाम्रो इकोनोमि

मंगलबार बजार नाप्ने नेप्से सूचक ३४.२६ अंकले बढेर १६३८.४१ विन्दुमा आइपुगेको छ । नेप्सेमा मात्रै नभई कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। १५५ कम्पनीको १ अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भयो।

यस दिन बिमा समूह सबैभन्दा धेरै अंकले उक्लिएको छ। सो समूह ४१६ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह २७, होटल ६१, विकास बैंक २५, जलविद्युत ३८, फाइनान्स ५ र उत्पादन समूह २० अंकले बढेका छन्। अन्य समूह १ अंकमुनि हरियो रह्यो।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड २९ लाखको सेयर किनबेच भएको छ। उसको मूल्य बढेर प्रतिकित्ता २२७३ पुगेको छ।

फरवार्ड माइक्रोफाइनान्स, नेपाल इन्भेष्टमेन्ट तथा नविलको संस्थापकतर्फको सेयर कारोबार पनि उच्च रह्यो। हिमालयन डिस्टिलरी, एनबि इन्स्योरेन्स, कुबेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय बिमा कम्पनी र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी नाफा कमाए।

बजारमा ठूलो अंकको वृद्धि हुँदा पनि ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशत मूल्य गुमाए। वर्ल्ड मर्चेन्ट फाइनान्सको मूल्य ४ प्रतिशतले घट्यो भने अन्य मूल्य घट्ने कम्पनीहरुको गिरावट ४ प्रतिशतमुनि रह्यो।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...