३४ अंकले बढ्यो नेप्से, १ अर्ब माथिको सेयर कारोबार



हाम्रो इकोनोमि

मंगलबार बजार नाप्ने नेप्से सूचक ३४.२६ अंकले बढेर १६३८.४१ विन्दुमा आइपुगेको छ । नेप्सेमा मात्रै नभई कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। १५५ कम्पनीको १ अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भयो।

यस दिन बिमा समूह सबैभन्दा धेरै अंकले उक्लिएको छ। सो समूह ४१६ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह २७, होटल ६१, विकास बैंक २५, जलविद्युत ३८, फाइनान्स ५ र उत्पादन समूह २० अंकले बढेका छन्। अन्य समूह १ अंकमुनि हरियो रह्यो।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड २९ लाखको सेयर किनबेच भएको छ। उसको मूल्य बढेर प्रतिकित्ता २२७३ पुगेको छ।

फरवार्ड माइक्रोफाइनान्स, नेपाल इन्भेष्टमेन्ट तथा नविलको संस्थापकतर्फको सेयर कारोबार पनि उच्च रह्यो। हिमालयन डिस्टिलरी, एनबि इन्स्योरेन्स, कुबेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय बिमा कम्पनी र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी नाफा कमाए।

बजारमा ठूलो अंकको वृद्धि हुँदा पनि ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशत मूल्य गुमाए। वर्ल्ड मर्चेन्ट फाइनान्सको मूल्य ४ प्रतिशतले घट्यो भने अन्य मूल्य घट्ने कम्पनीहरुको गिरावट ४ प्रतिशतमुनि रह्यो।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...

सुनको भाउ तोलाको ३ लाख १८ हजार नाघ्यो

     नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।...