कोइरालालाई गाडी,आरजुलाई साडी दिएर फुलमन्त्री खान खोज्ने दिपकको यस्तो छ दाउ



तारामान गुरुङ चार कार्यकाल संखुवासभा कांग्रेसको सभापती भए। पार्टी भनेरै उनले उर्बर समय त्यसैमा लगानी गरे। दत्तचित्तले पार्टीकै लागी काम गरे,जे जे गरे पार्टीकै लागी गरे। हो उनै गुरुंगलाई एउटा दबाब आयो पार्टी सभापती भएकै समयमा त्यो दबाब अरु केहि नभएर लामो समय बिदेशमा बसेका जिल्लाबासी दिपक खड्कालाई कांग्रेसको क्रियाशील सदस्यता दिनु भनेर। केन्द्रका नेताले भने पछि उनले खड्कालाई सदस्यता दिए पनि यो कुरा ६४ साल फेरिफेरिको हो। दोश्रो संबिधान सभाको चुनाबमा उनै खड्काले एउटा क्षेत्र बाट टिकट पाए भने गुरुङले अर्को क्षेत्र बाट टिकट पाए दुबैले जिते पनि।

दिपक पैसा लगानी गरेर पार्टीमा हाबी भए,तारामान संग पैसा थिएन,त्याग र बलिदानका हिसाबमा बामे सर्दै गए।संयोगले दुवै एकै पटक राज्य मन्त्री बने,खड्का लाई उति समस्या परेन राज्यमन्त्री बन्न तर कंगाल तारामान लाई धेरै समस्या पर्यो र पनि सिटौला खेमा बाट मन्त्री बने। जान्ने हुँदा देखि राजनिती गरेका तारामान बल्ल साठी पुग्न लाग्दा राज्य मन्त्री बने भने ६४ सालमा उनैले सदस्यता दिएका खड्का यतिबेला फुल मन्त्री बन्न करोडका गड्डी बोकेर नेताका दैलो चाहार्न ब्यस्त छन।कांग्रेसमा यतिबेला त्याग र योगदान भन्दा पनि पैसा हाबी हुन्छ भन्ने यो गतिलो प्रमाण हो।

को हुन खड्का?

खड्काको घर संखुवासभामा पर्छ । सामान्य परिवारबाट हुर्किएका खड्काको स्वदेशमा भन्दा पनि विदेशमा लामो समय बित्यो । उनी खासमा सिंगापुरका होटल व्यवसायी हुन ।
खड्कालाई धेरैले व्यवसायीका रुपमा चिन्छन् । होटल व्यवसायबाट राम्रो पैसा कमाएका उनलाई पैसाकै कारण राजनीति फाप्यो । उनले पैसा र शक्तिकै आडमा यसअघि खानेपानी तथा सरकासफाई मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर कुनै सुधार गर्न सकेनन् ।
संखुवासभा २ नम्बर क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक खड्का चुनावताका टिकट पाउन र जित्न उनले ठूलो पैसा खर्चेका थिए । सिंगापुरका होटल व्यवसायी भएकाले पनि उनलाई पैसाको संकट कहिल्यै परेन । यतिसम्म कि उनले शुसिल कोइरालालाई कुनै समय गाडी उपहार दिई निकै चर्चा बटुलेका थिए ।
अझ भनौं, पैसा खन्याएरै खड्का ०७० को संविधान सभाको निर्वाचनमा बिजयी भएका थिए । उनलाई चिन्ने जानकारहरुले उनको २ नम्बर क्षेत्रमा ०१५ सालपछि कांग्रेसबाट पैसा खन्याएकै कारणले जित्ने सभासद उनी नै हुन् ।यसरी खड्काको व्यक्तित्व झल्कन्छ । अझ खड्का हाइड्रो पावरमा समेत संलग्न रहेको बताइन्छ । अहिले सत्तामा जानका निम्ति उनको दौडधुप सुरु भएको छ ।
यसअघि पैसा र शक्तिको आँडमा सत्तामा पुग्न सफल भएका खड्कालाई कांग्रेस सभापतीले कुनै हालतमा मन्त्री बनाउन नहुनेमा कांग्रेसकै नेताहरु बताउछन् ।
कांग्रेस नेताहरुकै अनुसार खड्काले यसअघि सत्तामा पुगेर जनताको लागि भन्दा पनि आफ्नो दुनो सोज्जाउने काम गरेका थिए । यसले कांग्रेसको छवीमा ठुलो आँच पुर्याएको जानकारहरु बताउँछन् ।

यसअघि राज्यमन्त्री बनिसकेका खड्काको सम्पत्ति अकुत छ । केही समय अघिसम्म खड्काको ७ वटा घर रहेको समाचार स्रोत बताउछ ।
उनी जग्गा दलाली देखि घर किनबेचको समेत भित्रिभित्रै काम गर्छन । स्रोतका अनुसार, खड्काका बुढानिलकष्ठमा ६ वटा र संखुवासभाको चैनपुरमा १ वटा घर रहेको बताइन्छ ।
जग्गामा पनि खड्का धनी देखिएका छन् । उनको बुढानिलकण्ठ र चन्द्रागिरीमा २१ रोपनी भन्दा बढी जग्गा जमिन रहको छ भने संखुवासभामा ६५ रोपनी जग्गा छ ।
यस्तै, उनीसँग ८० लाख नगद, ६५ तोला सुन, ४०० तोला चाँदी र हिरा समेत रहेको छ । मन्त्री बन्न कस्सेका खड्काको शेयर बजारमा प्रशस्त सम्पत्ति लगानी छ । खड्काले आफ्नो श्रीमतीको नाममा १० वटा भन्दा बढी कम्पनीमा शेयर लगानी गरेको उच्च समाचार स्रोत बताउँछ । ऋषी धमला लाई प्रयोग गरेर भारतीय दुताबास जाने गरेका उनी मन्त्री बनाउन महामन्त्री तयार रहेको भन्दै हल्ला गर्न थालिसकेका छन। श्रीमती मार्फत आरजु राणालाई महँगो साडी उपहार दिएको चर्चा पनि कांग्रेस वृत्तमा छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय