घुस मागेपछि कर्मचारीलाई कार्यालयमै थुनियो,कसले लगायो मूल ढोकामा भोटे ताल्चा



कामचोर र घुसखोर कर्मचारीका रुपमा परिचय बनाएका निजामती कर्मचारीका कारण आम नागरिकले सास्ती व्यहोर्नु परेको छ।त्यसैको पछिल्लो उदाहरणका रुपमा यातायात कार्यालयका कर्मचारी परेका छन।
लामो समयदेखि सवारी चालक अनुमति पत्र नयाँ वितरण तथा पुरानो नविकरण कार्य रोकेको भन्दै सेवाग्राहीले यातायात व्यवस्था कार्यालय, बाग्मतीका कर्मचारीलाई कार्यालय मै थुनेका छन । यातायात व्यावस्था कार्यालयको लापरबाहीका कारण आफूहरु मर्कामा परेको भन्दै प्रदर्शनमा उत्रिएका सेवाग्राहीले यातायात व्यवस्था कार्यलय, बाग्मती प्रवेश गर्ने मुख्य ढोकामा ताला लगाइदिएका छन । कर्मचारीहरु कार्यालय भित्र छन । अति गरे खती हुन्छ भन्ने त्यहाँ प्रस्ट संग देखिएको छ।

सेवा प्रदान गर्ने सर्बर विग्रिएको नाममा लाइसेन्स रोकेको भन्दै नयाँ लाईसेन्स लिन, आवेदन फारम भर्न, तथा पुरानो लाईसेन्स नविकरण गर्न पुगेका सेवाग्रहीले बिहानैदेखि एकान्तकुनामा प्रदर्शन गरेका थिए । स्थानीय तह निर्वाचनका कारण लाइसेन्स वितरण तथा नविकरण रोकिएको भए पनि आइतबारबाट कार्यालयले सेवा सुचारु गरेको थियो । सर्बर विग्रिएका कारण अनलाइन आवेदन दिन नपाएकाहरुले एकान्तकुना पुगेर दिएको लिखित आवेदन कार्यालयले लिन नमाने पछि कर्मचारीमाथि हातपातको प्रयास भएको थियो । सर्बर बिग्रिएको भने पनि पैसा असुल्नका लागी त्यसो गरिएको पाइएको छ।

आज पनि सर्बर बिग्रिएको छ । सेवाका लागि कार्यालय पुगेकाहरु प्रर्दशन गरिरहेका छन । प्रर्दशनका कारण केहीबेर चक्रपथ अन्र्तगत एकान्तकुना क्षेत्रको सडक अबरुद्ध भएको थियो । घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।त्यहाको अबस्था भीमकाय रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय