रोएपछि यिनले मन्त्री पाउने पक्का,अरु कसले दिदैछ देउवालाई धक्का ?



कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ४० दिन वितिसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। ९ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाउने हल्ला चलेको धेरै भएपनि हालसम्म सरकार बिस्तार नहुदा कांग्रेसीजनको मुटु पोल्न थालेको छ।

दुई सय ७ जना सांसद रहेको कांग्रेसमा एक सय बढी आकांक्षी छन् भने तीन दर्जन बढी सांसदले मन्त्री हुन मरिहत्ते गर्न थालेका छन् । त्यसले पनि देउवालाई सरकार बिस्तारमा तनाब थपेको हो।
प्रधानमन्त्री देउवासँग एक मिनेट मात्र भेट गर्न पाउँ भन्दै प्रधानमन्त्रीका अघोषित स्वकिय सचिव भानु देउवा (नियुक्ति हालसम्म नपाएका)सँग अनुनय विनय गर्ने सांसदको लाईन प्रधानमन्त्री निवास वालुवाटारमा लाग्ने गरेको छ । सबै मंत्री खान मरिहत्ते गरेर लागेपछि ब्यबस्थापन गर्न देउवालाइ असजिलो हुन् थालेको हो।

आफूसँग भेट गर्न आउने अधिकांशलाई प्रधानमन्त्री देउवालले सल्लाह गरूँला भन्दै जवाफ दिन थालेका छन् । तर कतिपयलाई भने तयार हुनु है भनेर आश्वस्त पनि तुल्याएका छन् । तर रूकुमकी मिठु मल्ल, काठमाडौंकी अम्विका बस्नेतले प्रधानमन्त्री देउवासँग रूवावासी गरेका छन् । प्रधानमन्त्री देउवाले उनीहरूलाई अन्याय गर्दिन भनेर जवाफ दिएका थिए । अरुको टुंगो नलागेपनि देउवाले अम्बिका बस्नेतलाई मंत्री बनाउने भएका छन। अम्बिकाले देउवालाई तिहारको टिका लगाई दिदै आएकी छिन। उनले देउवालाइ तिहारको प्रसङ्ग निकाल्दै भक्कानिए पछि प्रधानमन्त्री देउवाको मन पग्लिएको कांग्रेस संसदीय दलमा चर्चा हुन् थालेको छ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको समिकरण बाट बनेको देउवा नेतृत्वको सरकारमा कांग्रेसलाई ११ मन्त्रालय दिने सहमति छ । सहमति अनुसार नेपाली कांग्रेसले तीन वटा मन्त्रालयको जिम्मेवारी बिभागिय मन्त्रीलाई दिइ सकेको छ । बाँकी आठ मन्त्रालयमा देउवाले आफ्नो पक्षधरबाट दुई जना, नेता रामचन्द्र पौडेलको पक्षबाट चार जना, प्रभावशाली नेता खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला गुटबाट एक, एक जनालाई जिम्मेवारी दिने तयारी गरेका छन् ।

पार्टी सभापति समेत रहेका देउवालाई इत्तर गुटका नेताले भन्दा आफ्नैले पिर्न थालेका छन् । उनको गुटलाई अब दुईवटा मन्त्रालय मात्र छन् । एउटा मन्त्रालयमा दुई मन्त्री हुँदैनन् तर आकांक्षी भने तीन दर्जन भएपछि उनीहरूको व्यवस्थापन गर्न सकस परेको भन्दै देउवाले आफू निकटका नेताहरूलाई गुनासो गर्ने गरेका छन् ।

देउवासँग मन्त्री बन्न मरिहत्ते गर्ने मध्येबाट उपयुक्त सांसद चयन गर्न देउवालाई हम्मे–हम्मे परेको छ । उनले सुनसरीका मीन विश्वकर्मा, डोटीका बीरबहादुर वलायर र काठमाडौंकी अम्विका बस्नेतमध्ये दुई जनालाई मन्त्री बनाउने तयारी गरेका छन् । विश्वकर्मा भने देउवाको पहिलो रोजाईमा रहेका छन् । उनलाई पहिले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी दिन उपयुक्त हुने सल्लाह देउवा निवासमा भएको थियो । तर विश्वकर्मालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय दिनु पर्ने मुडमा देउवा पुगेका छन् ।

मन्त्री बन्नको लागि देउवासँग केन्द्रीय सदस्यहरू गुल्मीका चन्द्र भण्डारी, पर्वतका अर्जुन जोशी, सिरहाका पद्मनारायण चौधरी, अर्घाखाँचीका मानबहादुर विश्वकर्माले आग्रह गरिरहेका छन् ।
त्यस्तै, राज्यमन्त्री बनाउने भनेर प्रधानमन्त्री देउवाले मोरङका अमृत अर्याल र नुवाकोटका बहादुर सिंह लामालाई आश्वासन दिइसकेका छन् । राज्यमन्त्री बनाउनु पर्ने नत्र सरकार कमजोर हुने र संगठन पनि तराई मधेशमा कमजोर हुने भन्दै धनुषाका महेन्द्र यादव, सर्लाहीका डा. अमरेशकुमार सिंह, कपिलबस्तुका अतहर कमाल, रूपन्देहीका अब्दुल रज्जाक गद्धी र भरतकुमार साहले सभापति देउवालाई आग्रह मात्र होइन चेतावनी नै दिएका छन् ।

प्रधानमन्त्री पदको सपथकै अवसरमा पौडेल गुटबाट दुई जनालाई मन्त्री बनाउने योजना बनाएका देउवालाई पौडेलले असहयोग गरेपछि मन्त्रीमण्डल बिस्तारमा बाधा भएको देउवा गुटको बुझाई छ । गत जेठ २३ गते देउवाले महामन्त्री डा. शशांक कोइरालालाई उपप्रधानमन्त्रीसहित रोजेर एउटा मन्त्रालय र पूर्वअर्थमन्त्री महेश आचार्यलाई मन्त्री बनाउने प्रस्तावलाई नेता पौडेललले असहयोग गरेपछि मौजुदा मन्त्रिपरिषद् विस्तारमा वाधा पुगेको थियो ।

पौडेलले आफूहरूलाई मन्त्रिपरिषद्मा जानबाट रोकेपछि पौडेलसँग कोइराला र आचार्य असन्तुष्ट बनेका छन् । पौडेल गुटकै अर्का प्रभावशाली नेता डा. शेखर कोइरालालाई पार्टी कार्य सम्पादन समिति सदस्यमा राख्न पौडेल असहमत भएपछि डा. शेखर पनि पौडेलसँग चिढिएका छन् । बरिष्ठ नेता आनन्दप्रसाद ढुंगाना पनि यतिवेला पौडेलसँग चिढिएका छन् । पौडेलले मन्त्रीमा सिफारिस गरेका बलबहादुर केसीप्रति प्रधानमन्त्री देउवाले असन्तुष्टी जनाएका छन् । अर्का केन्द्रीय सदस्य रामकृष्ण यादबलाई मन्त्रीमा पौडेलले सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय