ठमेलमा नयाँ रेष्टुराँ ओजी लाउन्ज खुल्यो



हाम्रो इकोनोमि

नेपालको प्रमुख पर्यटकीयस्थल राजधानीको ठमेलको प्रवेशद्वारमा नै ओजी लाउन्ज नामको आधुनिक रेष्टुराँ एण्ड डिस्को सञ्चालनमा आएको छ ।
सो रेष्टुराँको आइतबार साँझ शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ठमेल अन्तराष्ट्रियस्तरकै पर्यटकीय केन्द्र भएकाले यस रेष्टुराँले पर्यटकलाई थप सुविधा र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन गरी युवावर्गलाई रोजगारी दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

रेष्टुराँका सञ्चालक दिनेश श्रेष्ठले पारिवारिक वातावरणमा स्वच्छ मनोरञ्जन र स्वादिलो खानाको सुविधाका लागि रेष्टुराँले सेवा दिने बताउनुभयो । ७० जना ग्राहकको क्षमता रहेको सो रेष्टुराँमा गीत–सङ्गीत, दुई तलामा लाइभ वार, स्पोर्ट वार, विभिन्न परिकारका खानाको सुविधा रहेको र मध्यमवर्गले समेत सुविधा लिन सक्ने मूल्य राखिएको बताइएको छ

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...