ठमेलमा नयाँ रेष्टुराँ ओजी लाउन्ज खुल्यो



हाम्रो इकोनोमि

नेपालको प्रमुख पर्यटकीयस्थल राजधानीको ठमेलको प्रवेशद्वारमा नै ओजी लाउन्ज नामको आधुनिक रेष्टुराँ एण्ड डिस्को सञ्चालनमा आएको छ ।
सो रेष्टुराँको आइतबार साँझ शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ठमेल अन्तराष्ट्रियस्तरकै पर्यटकीय केन्द्र भएकाले यस रेष्टुराँले पर्यटकलाई थप सुविधा र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन गरी युवावर्गलाई रोजगारी दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

रेष्टुराँका सञ्चालक दिनेश श्रेष्ठले पारिवारिक वातावरणमा स्वच्छ मनोरञ्जन र स्वादिलो खानाको सुविधाका लागि रेष्टुराँले सेवा दिने बताउनुभयो । ७० जना ग्राहकको क्षमता रहेको सो रेष्टुराँमा गीत–सङ्गीत, दुई तलामा लाइभ वार, स्पोर्ट वार, विभिन्न परिकारका खानाको सुविधा रहेको र मध्यमवर्गले समेत सुविधा लिन सक्ने मूल्य राखिएको बताइएको छ

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...