सरकार बिरुद्व बालकोटबाटै एमालेको यस्तो फर्मान?



नेकपा (एमाले)ले संविधानले निर्धारण गरेअनुसार १६५ वटा निर्वाचन क्षेत्रलाई कायम गर्नुपर्ने अडान राखेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज भएको एमाले स्थायी कमिटी बैठकले सरकारले निर्वाचन क्षेत्र बढाए कुनै हालतमा एमालेलाई मान्य नहुने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले राखेको २४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको बताउनुभयो । सरकारले गरेको निर्वाचन क्षेत्र बढाउने प्रस्ताव मान्य नहुने बताउँदै उहाँले भन्नुभयो, “संविधानले निर्धारण गरेअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेको अडान छ ।”

बैठकले प्रदेश सभा निर्वाचनका लागि छिटोभन्दा छिटो सीमा निर्धारण गर्न छुट्टै आयोग गठन गर्न सरकारसँग माग गरेको छ । बैठकले मधेशवादी दलसँगको वार्ता जारी राख्ने निर्णय गरेको समेत छ । भट्टराईका अनुसार एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ ।
उहाँले भन्नुभयो, “राजपा, विजयकुमार गच्छेदार, उपेन्द्र यादवसँग एमालेको भइरहेको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, पार्टीले छलफलबाट ठोस परिणाम आउने अपेक्षा गरेको छ, छिट्टै सकारात्मक परिणामबाहिर आउनेछ ।”

आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बनाउन कार्यकर्तालाई सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै बैठकले प्रदेश र सङ्घको निर्वाचनका लागि आजबाट शुरु भएको मतदाता सङ्कलनको काममा सबैलाई समेट्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
एमाले बैठकले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख भट्टराईले ६ वटै प्रदेशका जनप्रतिनिधिलाई यही महिनाभित्र प्रशिक्षण दिने निर्णय गरेको बताउनुभयो । एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनको स्थगित भएको अधिवेशनका सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट