दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताउनुभएको छ ।

काठमाडौँको सतुङ्गलमा रहेको बागेश्वरी अस्पतालको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै नेता निधिले दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भए पनि अब एक÷दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो ।

नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार हुने उल्लेख गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने भन्दै एक वर्ष संसद्को म्याद थप्ने हल्ला निराधार भएको बताउनुभयो । निर्वाचन क्षेत्र निर्धारण आयोग चाँडो गठन गर्ने र सोही आयोगले दिएको प्रतिवेदनका आधारमा मङ्सिर मसान्तभित्र प्रदेश र सङ्घीय संसद्को निर्वाचन हुने उहाँको भनाइ थियो ।

नागार्जुन नगरपालिकाका प्रमुख घनश्याम गिरीले जनतालाई स्वास्थ्य सेवा दिएर बागेश्वरी अस्पतालले समाज सेवामा ठूलो योगदान पु¥याएको बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...