अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउन नहुने



पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताउनुभएको छ ।

वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्दै यसको उल्टो प्रचार गरी मधेस केन्द्रित दललाई बदनाम गर्ने प्रयास भएको जिकिर गर्नुभयो । वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमान्सरह अधिकार पाउनुपर्ने विचार नेता ठाकुरले व्यक्त गर्नुभयो ।

नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको दोहो¥याउँदै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उहाँले स्पष्ट पार्नुभयो ।

वीरगन्ज– २१ पटेल नगरका एक आगलागी पीडितको घरको आजै शिलान्यास गर्दै ठाकुरले देशमा प्रकृतिक विपत्ति आउँदा पूरै देश नै एक जुट भई पीडितलाई सहयोग गर्ने गरेको र यस्ता कार्यले राष्ट्रिय सद्भावलाई बलियो बनाएको धारणा व्यक्त गर्नुभनुभयो ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी