पराजुलीको नाम अनुमोदित, अब बन्ने भए प्रधानन्यायाधीश



हाम्रो इकोनोमि

काठमाण्डौं । आइतबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ । प्रस्तावित प्रधानन्यायाधीसका उम्मेदवार पराजुलीले आफ्नो भावी कार्ययोजना, लक्ष्य र कार्यक्रम पेश गरेपछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको समितिका सदस्य प्रकाशशरण महतले बताए।

न्यायाधीसमा सिफारिस हुँदा उजुरीको ठेली नै बेहोरेका पराजुलीलाई यसपटक भने समितिमा कुनै उजुरी परेको छैन ।

असारको तेस्रो साता बसेको संवैधानिक परिषदको बैठकले न्यायपरिषदबाट सिफारिस भएर आएका ६ जना न्यायाधीसमध्ये वरिष्ठताका आधारमा पराजुलीलाई प्रधानन्यायाधीस पदमा नियुक्तिको सिफारिससहित संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पत्राचार गरेको थियो।

तत्कालिन प्रधानन्यायाधीस सुशीला कार्कीले जेष्ठ २४ गते अनिवार्य अवकास लिएपछि पराजुली कामु प्रधानन्यायाधीसको रुपमा कार्यरत रहदैआएका थिए।समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...