प्रचण्डको सहयोगमा आधा दर्जनले कुदाए रेल,कसरी खेले दुई पटक उनले फोहोरीखेल?



१० वर्षे सशस्त्र जनयुद्धका सुप्रिमो प्रचण्ड अरुलाई काँध थाप्ने मामिलामा पनि सुप्रिमो नै देखिएका छन।उनको रहर चाहना र बाध्यता जे ले काम गरे पनि इतिहासले उनलाई केहि श्रेय पक्कै दिनेछ।दंगा त्यागेर संसदीय राजनितीमा होमिए पछी प्रचण्डले धेरैलाइ गुन लगाएका छन्।यति लेखिरहदा उनलाई अपजस र उनले कतिको बिगार नगरेको भन्ने पनि बुझिएला तर त्यस्तो होइन उनि कतिका नजरमा बैगुनी र जाली पनि देखिए। बिचका केहि बर्ष नानाथरी भनेर अनेक विशेषण सहित उनै प्रचण्डलाइ सराप्नेहरुनै यतिबेला राजनेताको पगरी लगाईदिएर सम्बोधन गरिरहेका छन।

आन्दोलनका रापले उदाएका उनी आन्दोलनका क्रममा सुन्ने नचाहने पदावलीलाइ टेकेर राजनितीको घुमाउने दहमा आसिन छन।अर्थात् उनी त्यहि बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनिएको संसदीय राजनितीमै जाकिएका छन।उनैलाई त्यसैले दुइ पटक सम्म प्रधानमन्त्री बनायो। दुइ पटक मुलुक हाकेका उनले अरुलाई बुइ बोकेर मुलुक हाक्ने ठाउ सम्म पनि पुर्याएका छन।समयक्रममा उनले त्यसरी बोकेका पात्र अबश्य तत्-तत् स्थानमा त पुग्थेनै तथापी उनले पुर्याएकोमा लोकले मानिसकेको छन।

मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषदको अध्यक्ष र संवैधानिक अंगका प्रमुखहरु नियुक्तीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भूमिका महत्वपूर्ण छ । प्रचण्डको काँधबाट को कहाँ पुगे ? उनको हिस्स कति रहन पुग्यो ? उनलाई कति जस दिने त्यसको लेखाजोखा गर्नु उपयुक्त पनि हुन्छ।

 

मुलुकको पहिलो महिला राष्ट्रपति हुँने मौका मदन भण्डारीकी पत्नि तथा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले पाइन् । दोस्रो संविधानसभाबाट संविधान जारी भए लगत्तै नेकपा माओवादी केन्द्र र नेकपा एमाले सहितका दलहरुको मतदान प्रक्रियाबाट उनी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै समर्थनमा उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । २०७२ कार्तिक ११ गते मुलुकको पहिलो महिला राष्ट्रपतिमा निर्वाचीत भण्डारीलाई मधेसी मोर्चाले भने समर्थन गरेको थिएन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही अघि मात्रै प्रधानमन्त्रीमा निर्वाचित भए । उनलाई प्रधामन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताबक थिए,–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रचण्ड उनै नेता हुन् जो शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तत्कालिन नेकपा (माओवादी)ले १० वर्षे युद्ध घोषणा गरेको थियो । राजतन्त्रकालमा समेत तीन पटक प्रधानमन्त्री बनेका देउवाका लागि गणतन्त्र समेत फलिफाप बन्यो ।

मुलुकमा गणतन्त्र आएको १० वर्ष समय घर्किदा देउवाले अन्य प्रधानमन्त्रीले मुलुक चलाएको देखेर मुख मिठ्याएर बस्नु पयो । तत्कालिन पार्टी सभापतिहरु गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाले प्रधानमन्त्रीको पद कोइराला परिवारबाट उम्किन दिएनन् । हारिने निर्वाचनमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाइयो तर, पौडेलले १७ पटकसम्म प्रधानमन्त्रीको निर्वाचन हारेर इतिहास बनाए । देउवा त्यतिबेला पार्टी भित्रको आन्तरिक राजनीतिमा सिंगौरी खेल्दै थिए ।

प्रधानमन्त्री पद छाडेपछि केही महिना भित्रै तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भयो । त्यसको केही समयमा पार्टीको १३ औँ महाधिवेशन चल्यो । कोइरालाको खेमाको प्रतिनिधित्व गर्दै रामचन्द्र पौडेलले पार्टी सभापतिमा उम्मेदवारी दिए । तर, देउवाको अगाडी पौडेलको केही लागेन । अन्तत पार्टी सभापतिमा देउवा विजयी बने । पार्टी सभापति सहित संसदीय नेतामा समेत विजयी भएपछि देउवालाई भावि प्रधानमन्त्रीको रुपमा हेरिन थालियो । यता सत्ता राजनीतिमा भने नेकपा एमाले र माओवादी केन्द्र एकै ठाउँमा थिए ।

संसदमा प्रधानमन्त्री केपी ओलीले बहुमत गुमाए । देउवाकै सहयोगमा प्रचण्डले गणतान्त्रिक नेपालको प्रधानमन्त्री पदमा दोस्रो पटक सपथ खाए । सर्त थियो,– १० महिनापछि प्रचण्डले सत्ता छाड्ने र देउवालाई सहज हस्तान्तरण गर्ने । १० महिनामा प्रचण्डले निकै लोकप्रीय र दिर्घकालिन उपलब्धि मुलक कार्यहरु गरे । भद्र सहमति अनुसार उनले १० महिनामा सरकारबाट राजिनामा दिए । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले राजिनामा नदिन भन्दै दबाव दियो । तर, उनले मानेनन् । भद्र सहमति पालना गरेरै छाडे । आफ्नै प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा जिताए ।

प्रचण्डकै प्रस्तावमा एमाले अध्यक्ष केपी ओली २०७२ साल असोज २५ गते ओली नेपालको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । मुलुकको पूर्व प्रधानमन्त्रीहरुको ३८ औँ सुचीमा केपी ओलीको नाम सँधै रहिरहने गरी प्रधानमन्त्रीमा जिताउन उनै प्रचण्डले सहयोग गरे ।

एमाले बरिष्ठ नेता माधव नेपालले संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर दुई र रौतहटबाट उम्मेदवारी दिए । तर, दुवै ठाउँबाट नेपालले हार बेहोर्नु पर्यो। तर, तत्कालिन संविधानसभाको पहिलो दल र अध्यक्षको हैसियतले प्रचण्डले नै माधव नेपाललाई सांसद बनाउने प्रस्ताव गरे ।
प्रचण्डकै प्रस्तावका आधारमा माधव नेपालले सांसद पदको सपथ खाए । त्यहि समयमा नेपाललाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो। नेपाललाई प्रधानमन्त्री बन्न चाहि माओबादीले समर्थन गरेन कांग्रेसको समर्थनमा नेपाल प्रधानमन्त्री बन्न सफल भए।

पटक पटक प्रधानमन्त्रीको ‘भाँडाकुटी खेल’ चलिरहेको थियो । पहिलो ठूलो दल तत्कालिन एकीकृत नेकपा माओवादीबाट प्रचण्ड, देस्रो ठूलो दल नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजय कुमार गच्छदार तीनै जना प्रधानमन्त्रीको लडाईंमा थिए ।
। तर, प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री समर्थन गरिदिए । प्रचण्डको समर्थनपछि खनाल २०६७ माघ २० गते प्रधानमन्त्रीमा निर्वाचित भए । आफ्नो प्रतिकुल निर्णय भएपछि छिमेकी मुलुक भारतले प्रचण्ड विरुद्ध गतिविधि गर्न थाल्यो । प्रधानमन्त्रीमा निर्वाचित खनाललाई भारतले एक पटक निम्ता समेत गरेन । उनको कार्यकाल भारत भ्रमण नगरेरै सकियो ।

तत्कालिन प्रधानन्यायधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री कार्यालले पूर्व प्रधानमन्त्रीहरुको सुचीमा सामेल गरेको छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजिनमा दिएपछि देश ठूलो संक्रमणकालमा फसेको थियो । दोस्रो संविधानसभा चुनाव गर्ने दायीत्व सहित प्रचण्डकै प्रस्तावमा बहालवाला प्रधानन्यायधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाइयो । प्रचण्ड बाबुरामले हेटौडाको हुप्रचौर बाट खिलराज लाइ मन्त्रिपरिषदको अध्यक्षमा प्रस्ताब गरेका थिए। प्रधान्यायधीशबाटै रिटायर्ड भएको भए खिलराज गुमनाम हुन्थे । तर, प्रचण्डकै जोडबलमा उनले मुलुकको कार्यकारी सरकार हातमा लिने मौका पाए । धेरै बिगारेको आरोप खेप्दै आएका प्रचण्डले सेनापती परिवर्तन गर्ने मामिलामा भने नराम्ररी चुक्नु पर्यो।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय