साउन १ गतेदेखि नामावली संकलन



हाम्रो इकोनोमि

हेटौंडा । जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।

कार्यालयका अनुसार प्रदेश नं ३ अन्तर्गत पर्ने मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा एक एक नगरपालिका र उपमहानगरपालिका क्षेत्रका बासिन्दाको नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।

साथै साउन १६ देखि २० गतेसम्म तस्बिरसहित नाम, अद्यावधि गरिनाका साथै नामावलीको संशोधन पनि गरिने कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले राससलाई बताउनुभयो । उहाँका अनुसार सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहिता महिलाका हकमा विवाह दर्ता एवं अन्य जिल्लाबाट बसाइँ सरी आएका व्यक्तिका परिवारले बसाइँसराइ दर्ताको प्रमाण ल्याएमा नयाँ मतदाता नामावलीमा नाम समावेश हुने छ ।

विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा दुई लाख २७ हजार पाँच सय ५९ मतदाता रहेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालय भवन हेटौँडाबाट मात्र नयाँ मतदाता नामावली संकलन गरिने छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...