‘नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको योगदान महत्वपूर्ण’ – प्रम



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले दलबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताउनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले व्यवसायीबाट निःशुल्क प्रवेशाज्ञाको व्यवस्था पुनरावलोकनको माग आएकाले सो विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – तपार्इंहरु विदेशमा कामदार पठाउने मात्रै होइन, उनीहरुको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान दिनुहोस् ।

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले गरेको योगदान महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले ‘निःशल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था आकर्षक र प्रभावकारी भए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो ।

निःशुल्क व्यवस्थाको उचित लाभ कामदारले पाउन नसकेको उल्लेख गर्दै राजनीतिक दल, मजदुर संगठन र व्यवसायीसँगको छलफलबाट यो व्यवस्था पुनरवलोकनका लागि पहल गरिने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले अबको १० वर्षमा नेपालको मानवअधिकारको प्रमुख विषय वैदेशिक रोजगारी हुने टिप्पणी गर्नुभयो ।

सङ्घको नयाँ नेतृत्वका लागि आज हुने मतदानका लागि विमल ढकाल र रोहन गुरुङ नेतृत्वका दुई समूहको उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमबाट विमल ढकाल नेतृत्वको संयुक्त व्यवसायी समूह तथा नेकपा ९एमाले० निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा ९माओवादी केन्द्र० निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले निर्वाचनमा भाग लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...