यो यस्तो गिरोह,जसले मन्त्री बनाउने देखि राजनीतिक नियुक्ती समेत दिलाउछ



पन्ध्र दिन पहिले प्रहरीले एउटा नामुद जालीलाइ समात्यो। पूर्वमन्त्रीको स्वकीय सचिब र भान्जाको परिचय दिदै माओबादी हुँ भनेर उसले करोडौ रुपैया ठगेको पाइयो। अझ त्यो भन्दा पनि ठुलो कुरा त के भने उसैले माओबादीकी एक साम्सदलाइ मन्त्री बनाउछु भनेर दिनु सम्मको गफ दियो।प्रचण्ड प्रधानमन्त्री छदै त्यहि क्याबिनेटमा प्रतिक्षा तिवारी मुखिया राज्यमन्त्री बन्दै थिइन् तर त्यहि जालीको पछी लाग्दा उनलाई माओबादीले मन्त्री बनाएन।

माओबादीका प्रभाबशाली नेता सूर्यमान दोङ्ग उर्जा राज्यमन्त्री हुदा हो उनले भान्जा नाता पर्ने काभ्रेका जिल्लाबासी राजकुमार तामांगलाई स्वकीय सचिब बनाएको,हो तिनै राजकुमार मन्त्री बनाउने,सरकारीकोटामा विदेश पठाइदिने,राजदुत बनाउने देखि न्यायधिश सम्म बनाउने कुरा गरेर करोडौ ठगेको आरोपमा जेल परेका छन्। राजकुमार पहिलो पटक जेल परेका होइनन,१ महिना पहिले मात्र केन्द्रिय कारागारबाट छुटेको उनी त्यो बेला पनि ५० लाख ठगेको आरोपमा जेल परेका हुन् । पछिल्लो पटक तामांगले ताप्लेजुंगका युवालाइ कृषि मन्त्रालय बाट ५० लाख अनुदान पार्दिन्छु भनेर २० लाख ठगेको प्रहरीले बताएको छ। त्यहि मात्र होइन भक्तपुरमा रहेको कार्पेट उधोगका आगलागी पिडितलाइ प्रतिक्षा तिवारी गृहराज्य मन्त्री बनेपछि पचास लाख क्षतीपुर्ती दिलाउने कुरा गर्दै त्यहाबाट २० लाख असुलेको आरोप पनि राजकुमारलाइ लागेको छ। तीन दर्जन बढीलाई बीस लाखका दरले ठगी गरेको पनि पाइएको छ।

नामुद ठगको सरदारका रुपमा चिनिएको राजकुमारलाई फलानाको यस्तो काम छ,यती पैसा झार्न सकिन्छ भनेर मुर्गा खोजिदिने काम चित्र रानाले गर्दै आएको श्रोतको भनाइ छ। कराँतेका गुरु चित्रले खोजिदिएका मान्छे बाटै राजकुमारले ठग्ने गरेको प्रहरीको भनाइ छ। तत्कालिन कानुन मन्त्री अजय शंकर नायकको सल्लाहकार हु भनेर मात्र राजकुमारले बिसौ लाख ठगेको श्रोतको भनाइ छ। दरबारमार्ग,लाजिम्पाट लागायतका क्षेत्रमा बसेर योजना बनाउदै ठगी गर्दै आएका राजकुमारलाई जेल बाट छुटाउन र उ बाट पिडित भएकाहरु संग भेटेर कुरा गर्न चित्र माहिर रहेको बुझिएको छ। घुमाउरो पाराले राजकुमार कहाँ पठाउने र राजकुमारलाई उसको बारेमा सबै जानकारी दिएर धुत्न लगाउने राना सर्प पनि मर्ने र लट्ठी पनि नभाचिने किसिमको भूमिकामा प्रस्तुत हुने गरेको तथ्य फेला परेको छ। उता राजकुमारले मन्त्री बनाउछु भनेर काधमा बोकेकी प्रतीक्षा यतिबेला तनाबमा छिन। अब उनको मन्त्री बन्ने सपनामा पुर्णबिरामनै लागेको माओबादी श्रोतको भनाइ छ। स्वकीय सचिब समेत रहेका भान्जा ठगी काण्डमा जेल परेपछि मामा सूर्यमान ज्यान दिएर लागिपरेका छन । चित्र राना संग प्रतिकिया लिंदा आफुले राजकुमार चिनेको,उसले ठगेका पिडित पनि आफु कहा आएको तर आफुले त्यस्तो साथ र सहयोग नगरेको बताए।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको