सिक्किमलाई ६० हजार करोड घाटा ! दार्जीलिङमा भोकमरी,मुख्यमन्त्री सर्बोच्च न्यायालयमा जाने



हाम्रो इकोनोमि

सिक्किमका मुख्यमन्त्री पवन चामलिंगले बंगाल सरकारकी मुख्य मन्त्री ममता बेनर्जी बिरुद्द देशको सर्बोच्च न्यायालयमा जाने उदघोष गरेका छन्। गोर्खाल्याण्डको मागलाई सम्बोधन गर्न नसक्दा आफ्नो राज्यमा हाहाकार मच्चिएको उल्लेख गर्दै उनले बंगाल सरकारले सिक्किम माथी नाकाबन्दी लगाएर हेपेको प्रतिक्रिया ब्यक्त गरेका छन् । १०७ बर्ष पहिले बाटै दार्जिलिंग छुट्टै राज्य हुनुपर्छ भन्दै आवाज उठेको र हालसम्म त्यसको निदान नगर्नाले आफुहरुले दुख पाएको तर्क गरेका चामलिंगले सिक्किमले छिमेकी राज्यको हेपाइ खान मात्र भारतमा बिलय नभएको प्रस्ट पारे।

सिक्किम भारतमा गाभिएको १० बर्ष पछि बाट आक्रामक ढंगले गोर्खाल्याण्डको माग उठ्न थालेको हो। त्यहि गोर्खाल्याण्ड आन्दोलनकै कारण सिक्किमले ६० हजार करोड बढी नोक्सानी व्यहोर्नु परेको चामलिंङ्गको तर्क छ। भारत सरकारले सिक्किमे जनताको संरक्षण नगरे स्थिति झन् असहज हुने चामलिंगको भनाइ छ। साथै उनले सिक्किमले ब्यहर्नु परेको क्षती बंगाल सरकारलाई भराउनु पर्ने माग समेत राखे।

यसैबिच, गोर्खाल्याण्डको माग राखेर गरिएको आम हड्तालका कारण भारतको पश्चिम बंगालको दार्जीलिङका बासिन्दाले खाद्यान्न अभाव भोग्नु परिरहेको बताइएको छ।त्यहाँ खाद्यान्न नपाएपछि घन्टौं हिँडेर पूर्वी नेपाल सीमावर्ती बजारहरु पुगी उनीहरुले दैनिक उपभोग्य बस्तु खरिद गरिरहेका छन्।
नेपालका सीमावर्ती क्षेत्रमा त्यस्ता बस्तु किन्न आउने दार्जीलिङका बासिन्दाको संख्या दिनहुँ बढिरहेको छ।
गोर्खाल्याण्डको माग राखेर दार्जीलिङमा गरिएको आम हड्ताल आज ३० दिन पुगेको छ।

बिबिसीका अनुसार हड्तालका सुरुवाती दिनमा त्यहाँका सर्वसाधारणले जोगाड गरेका खाद्यान्न उपभोग गरे।
तर हड्ताल निरन्तर चलिरहँदा उनीहरु नेपालका सीमावर्ती क्षेत्रमा खाद्यान्न खरिद गर्न आउन थालेका हुन्।
इलामको पशुपतिनगर, मानेभन्ज्याङ लगायत क्षेत्रका खाद्यान्न पाइने पसलहरुमा अचेल दार्जीलिङका नेपाली भाषीहरुको घुईंचो छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...