भारतीय जनता पार्टीका हुसेन सीमाबाट पैदलै किन आए विराटनगर ?



हाम्रो इकोनोमि

काठमाडौं। भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता शैयद सहनबाज हुसेन सीमावर्ती शहर जोगबनी र विराटनगर नाका हुँदै बिहिबार साँझ नेपाल प्रवेश गरेका छन् ।

आफ्ना समर्थक र कार्यकर्ताका माझ उनी पैदलै विराटनगर प्रवेश गरेका हुन् । आफू एक मित्रको गृहप्रवेशको निम्तो मान्न सीमावर्ती क्षेत्रमा आइपुगेकाले विराटनगरको भ्रमणमा आएको उनले जानकारी दिए ।उनले नेपालमा भएको स्थानीय तहको निर्वाचनले आफू प्रसन्न भएको प्रतिक्रिया व्यक्त गर्दै नेपाल शान्ति, स्थिरता र समृद्धिको मार्गमा गतिशील हुने अपेक्षा व्यक्त गरे ।

प्रवक्ता हुसेनको स्वागत र सम्मानमा शुक्रबार विराटनगरमा मोरङ व्यापार सङ्घले कार्यक्रम राखेको छ । कार्यक्रममा विराटनगरका लब्ध प्रतिष्ठितलाई निम्ता गरिएको छ ।हुसेनलार्इ स्वागत गर्न सङ्घका वरिष्ठ उपाध्यक्ष मुन्दडाको नेतृत्वमा उपाध्यक्ष सुशील जोशी, प्रवक्ता विकास बेगवानी र पूर्व उपाध्यक्ष देवकीनन्दन अग्रवाललगायतका व्यवसायी सीमा नाका पुगेका थिए ।

बिहिबार साँझ नै हुसैनलाई गोल्छा अर्गनाइजेसनको सञ्चालनमा रहेको रघुपति जुट मिलमा स्वागत गरिएको थियो । नेपाल जुट सङ्घका अध्यक्षसमेत रहेका रघुपति जुटका सञ्चालक राजकुमार गोल्छाको नेतृत्वमा त्यहाँ उपस्थित जुट उद्यमीले नेपालको जुट उद्योगका समस्या र भारत सरकारबाट सहजीकरणका गरिदिन आग्रह गरे। विहारको भागलपुरबाट भारतको लोकसभामा निर्वाचित हुसेन भारतीय जनता पार्टीभित्र हिन्दु र मुस्लिमका सेतुका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...