९० प्रतिशत अङ्क ल्याउने राहुलले पाए ५० हजार



महोत्तरी । एसइई परीक्षा २०७३ मा ९० प्रतिशत अङ्क ल्याएका महोत्तरीस्थित सरस्वती ज्ञानोदय सेकेन्डरी इंगलिस बोर्डिङ स्कूल गौशालाका छात्र राहुल रौनियारलाई ‘मथुरानन्द चौधरी माथुर पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।

आज बिहान विद्यालयमा आयोजित एक कार्यक्रममा रौनियारलाई प्रमाणपत्र र ५० हजार नगद प्रदान गरिएको हो ।

एसइईमा ०२१५१६८ ‘आर’ सिम्बोल नं भएका रौनियार शिशु कक्षादेखि नै सोही विद्यालयमा पढ्दैआएका थिए ।

विद्यालयले २०७० सालदेखि नै एसएलसीमा ९० प्रतिशत वा सोभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई जनही रु ५० हजारका दरले मथुरानन्द चौधरी माथुर पुरस्कार प्रदान गर्दै आएको विद्यालयका प्राचार्य मञ्जु झाले बताउनुभयो । विसं २०५५ मा स्थापना भएको सो विद्यालय जिल्लाकै पहिलो निजी विद्यालय हो ।

सो विद्यालयका संस्थापक मथुरानन्द चौधरी कवि एवम् शिक्षाविद् हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री