राजपा चुनाबमा जाने,संसद्को संख्या बढाए आगो बाल्ने



राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचनको विरोधी नभएको बताएका छन् ।
आज राजधानीमा आयोजित कार्यक्रममामा बोल्दै उनले भने,‘हामी निर्वाचनको विरोधी होईनौं, हामीले कहिल्यैपनि निर्वाचन ईन्कार गरेका छैनौं, हिजो हामी र सरकारवीच एउटा समझदारी भएको छ, उहाँहरुले दुई चारदिनभित्रै मुद्दा फिर्ता, घाईते अपाङ्ग भएकाहरुलाई भरणपोषण गर्ने, सहिद घोषणा गर्ने, र संविधान संशोधन पनि सकेसम्म पारित गर्ने वचन दिनुभएको छ, यदि यस्तो भयो भने हामी निर्वाचनमा भाग लिन्छौं।’

उनले राज्यले आफूहरुसँग माँग सम्बोधन गर्ने भनेर पटक पटक सम्झौता गरेको स्मरण गराउँदै भने,‘माँग पूरा नगर्ने हो भने किन हामीसँग सम्झौता गरेको त रु हुन त सरकारले हामी गर्दैछौं भनेको छ, एमालेसँगपनि वार्ता भैरहेको भनेर जानकारी गराईरहेको छ।’
त्यस्तै उनलेपनि निर्वाचन क्षेत्र २४० बनाउनेबारे व्यापक चर्चा चलिरहेको कुराप्रति टिप्पणी गर्दै भने,‘अहिले ठूला दलले नाक फुलाईरहेका छन्, यदि संख्या बढाउने हो भने हामी विरोधमा जान्छौं।’ उनले आफ्नो सुविधाको लागि संख्या बढाए जनताले दण्डीत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय